उनी
सधैको भन्दा अलि सबेरै ब्युझिएको थिएँ । तैपनि शयन कक्षमा घामका किरणहरू आएर बसिसकेको पाउँछु । जेष्ठ महिनाका सुरुवाती दिनहरू, गर्मी उकालो चढ्दै गरेको हुन्छ । बिहानीको चिया पिउने क्रममा छु । साथै अलिकती अघिल्लो दिनदेखी भिजाइएका चना । तिम्रो यादका लहरहरूले किनारा नाघिसकेका हुन्छन् । बिहानीपख यस्तै भएको पाउँछु, अलि तिब्र रुपमै, सम्हाल्नै नसक्ने गरि । सबै कुरा ठिक हुदाँ हुदै पनि, मलाई some kind of incompleteness ले सधै haunt गरिरहेको हुन्छ । संसारकै सबै भार यहि छातीले थाम्नु परेको जस्तो लाग्छ । यो पल लाग्दछ, यो मनको सम्पूर्ण भारी तिमीसँग बिसाउन पाउँ । तिमीलाई हेर्न पाउँ र हेरिरहुँ, तिम्रो आवाज सुन्न पाउँ, तिम्रो मुस्कान देख्न पाउँ, तिम्रो हात समाउन पाउँ, तिम्रो मुहार स्पर्श गर्न पाउँ, तिम्रो आँखामा डुब्न पाउँ । लाग्छ, तिमीलाई मेरो मायाको कसिलो अंगालोमा बेरूँ र कहिले नछोडुँ । सधै सँगै राखूँ र अत्यन्तै स्वर मच्चाईरहेको मनको आवाज तिम्रो कानमा खुसुक्क भनूँ, कि “I love you, मेरी रानी !” “छोडी नजाउ मलाई, तिमीलाई नजिकै देख्न चाहन्छु, टाढा नजाउ ।” गतको संवादमा भन्दै थिइन् “आज मलाई निद्रा लागेको छ” ...