Posts

प्रेमाभिव्यक्तिमा प्रतिबन्ध

असार २१ (साल थाहा छैन) आज, उनले मेरा अधुरा शब्दहरूलाई ओठमै बाँधिदिइन् । यो निषेधको पर्खाल यति छिटो र यस्तो कठोर ढङ्गले उभिन्छ भनेर मैले कहिल्यै सोचेको थिइन । धेरै दिनदेखि मनको गहिराइमा थुप्रिएको मायाको छाललाई आज बगाउन मन थियो । मैले धक फुकाएर भनेँ, "धेरै दिनदेखि भनेको थिइनँ, आज एउटा कुरा भन्छु है !"  तर, उनका शब्दहरूले चट्टान बनेर मेरो प्रस्तावलाई बाटोमै रोकिदिए— "नभन्नु! किन भन्नुपर्‍यो ?" त्यो पल, मेरो मुटुले आफ्नै गति बिर्सियो । म शब्दहीन भएँ, आफैँभित्र कतै छुटेँ । उनले "मैले फोन राखेँ है !" भन्दै संवादको डोरी चुँडाइन् । मनमा अनगिन्ती तरङ्गहरू उठे । के उनले मेरो समर्पण देखिनन् वा देख्न नै चाहिनन् ? तर, यदि मनमा कुनै अनुराग थिएन भने, एकपटकमै मेरो फोन उठाउन नपाउँदा, पछि आफैँ किन कलब्याक गरिन् । त्यसले कस्तो अर्थ राख्थ्यो ? यो रहस्य मैले बुझ्न सकिरहेको थिइन । हृदयको पत्रमा सञ्चित प्रेमाभिव्यक्तिको तृष्णा असह्य भइसकेको थियो । लामो समयदेखि परेको मनको गाँठोलाई म आज फुकाउन चाहन्थेँ । तर, मेरो पहिलो लवजमै मेरो अन्तरमनको कुरा थाहा पाएर उनले मलाई रोकिदिइन् । वास्...

चुम्बकिय गिफ्/जिफ्

९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए । दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन । राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भ...

कुर्था

बिहान गूड् मर्निङ् सन्देशसँगै उनले आफ्नो तस्बिर पठाएकी थिइन् । कुनै पर्व वा अवसर पारेर खिचिएको तस्बिर थिएन त्यो । बिहानी कक्षामा आफुले पढ्दै गरेको बेला एउटा सेल्फि खिचेर पठाएकी थिइन् प्रियतमाले । फिल्टरको असर प्रशस्तै भएपनि, आज तस्बिर इतिहासमा पहिलोपटक उनी भन्दा सुन्दर देखेको थिएँ मैले । र त्यहि अनुपातमा गम्भीर पनि भएकी जस्तो लाग्यो मलाई । रसिला आँखाले बिलकुल मलाई हेरेकी थिइन् । एउटा हात चिउँडोमा थियो । तर घाँटी तिर बढि पर्ने गरि । उनको त्यो अकस्मातको तस्बिर र तस्बिर भित्रको उनको स्वरूपले, उनको सानिध्यमा बिताएका पलहरू एकैपटक उद्वेलित गराईदिएको थियो । उनका यादहरू सम्हाल्नै नसकिने गरि मेरा आँखामा छचल्किएका थिए । तस्बिर बोल्दै थियो । — ई हेर मलाई । कक्षाकोठामा पनि म तिमीलाई सम्झिएर बसेकी छु । यि आँखाले तिमीलाई खोजि रहेछन् । कहाँ छौ तिमी ? दुई दिनको लागि आयौ । अनि अहिले कहाँ गयौ हँ ? मलाई तिम्रो उपस्थितिको बानी लगाईदिएर एक्लै छोड्यौ । यो निधारले तिम्रो अधरको स्पर्श याद गरि रहेछ । यी हातहरूले तिम्रो हातको पकडको अभाव महसुस गरि रहेछन् । अनि म तिम्रो चाहनामा डुबेकी छु । तिमी साथ नहुँदा एक्ली भ...

तस्बिरको बिल्ला

अघिल्लो दिन राति उनले उनको एउटा तस्बिर पठाएकी रहिछन् । मैले बिहान मात्र देखेँ । तस्बिर निकै सुन्दर थियो । तस्बिरमा उनी अलिकती मलिन जस्तो देखिन्थिन् तर निकै भद्र । परिपक्क शालिनता झल्किएको थियो उनको मुहारमा । उनको त्यो साइड् प्रोफाइल् हेरेर मुग्ध भएको थिएँ म । निकै गजबको कोणबाट खिचिएको उनको त्यो तस्बिरले उनको वास्तविक सुन्दरतालाई धेरै हदसम्म न्याय गरेको थियो । उनको तस्बिरले आउनुले मलाई धेरै खुसि प्रदान गरेको थियो । लागेको थियो, अब रिसाएकी छैनिन् । मुटु नै चढाउँ जस्तो लाग्ने त्यो उनको तस्बिरको बारे मैले केहि कुराहरू भनेको थिएँ । मलाई स्वर्गीय आनन्द जो गराएको थियो त्यो तस्बिरले । मेरो लागि त्यो तस्बिर, तस्बिर मात्र थिएन । मेरो प्राण थियो । मेरो प्रेम प्याला थियो । मेरी उनीको प्रेमिल भाव थियो । त्यसैले पनि मैले मन खोलेर, मलाई लागेको कुराहरू भनेको थिएँ । उनको सुन्दरताले मेरो मन छोएको कुरा गरेको थिएँ । र सोँचेको थिएँ– उनले हाँस्दै प्रतिक्रिया जनाउने छिन् । तर त्यस्तो भएन । उनले ति कुराहरूलाई सिधै नजरअन्दाज गरि दिइन् । अहँ, एक शब्द आएन । त्यो देखेर म छाँगाबाट खसेको जस्तो भएको थिएँ । भर्खर नुह...

सि.आई.डी.

निकै ठुलो उम्मिद बोकेर उनलाई फोन गरेको थिएँ । खासमा, म आत्तिएको थिएँ, उनीसँग बात्तिन । कतिबेला उनीसँग कुरा गरौँ, अनि मन पोखौँ– जस्तो भइरहेको थियो । त्यसै-त्यसै हतारिएको थिएँ म– उनीसँग बहकिन । हिजो रातिको संवादमा देखिएको खुलापनले मेरो मनमा जोश भरिदिएको थियो । उनको पनि उत्साह सहित, केहि खास विषयहरूमा विना छेकबार उनको राय बुझ्न पाउँछु कि– झैँ लागेको थियो । बिहान केहि भावहरूले मनमा कब्जा जमाएका थिए । कौतुहलता र जिज्ञासा थपिदिएका थिए । अब साँझको कुराकानीमा सोध्नु पर्ला भनि टिपोट गरेको थिएँ । जस मध्ये मूल यसप्रकार थिएँ :- १. उनले भनेकी थिइन्– “मनको कुरा खोल्ने त अहिले पनि कोहि छैन ।” - मेरो पनि त कोहि थिएन ? उनी आएपछि, उनी नै भएकी थिइन् । म त उनको लागि त्यति पनि भइन । उनको सुख-दु:ख बाँड्ने विश्वास पात्र किन हुन नसकेको होला म ? एक्लै नै आफ्ना कष्टहरूसँग लड्न खोज्छिन् । सुनाउँदा मात्रै पनि आधा कष्ट कम भएर जाने कुरामा विश्वास गर्दिनन् क्यारे उनी । म उनको दु:खको सारथी हुन सक्ने कुरामा निश्चिन्त हुन नसकेर हो कि ? कि सुनाउँदा असुरक्षित महसुस गर्छिन् ? आफ्नो कमजोर पाटो देखाउँदा, मैले उनलाई नराम्रो ...

तिमी, अवश्य नै !

म मेरो यु-ट्युब् च्यानल् प्रोमोट् गर्दै थिएँ । केहि हुन्छ कि भनि– श्रुति-संवेग कार्यक्रमका वाचनहरूलाई छाँटेर, काटकुट पारेर दुइ-चारवटा भिडियोहरू अपलोड् गरेको थिएँ । वि.सं. २०७५ पौष २५ गते बुधबारको दिन मध्यान्ह, रोजीरोटीको कामबाट अलिक फुर्सत मिलेको बेला, बन्दै गरेको भवनको चिसो भर्‍याङ्गमा बसेर, च्यानलको प्रवर्धनमा लागेँ । ट्वीटरमा डि.एम्. गर्न मिल्नेहरूलाई रेन्डम्ली भिडियो-लिङ्क पठाई रहेको थिएँ । कसैलाई फलो गरेर । कसैलाई नगरेरै । साथै “नेपाली उपन्यास र कथा सुन्नका लागि, कृपया शेयर् तथा सब्स्क्राइब् गर्नुहोला !” भनेर फूट्नोट् पनि छोडि दिन्थेँ । कसैले सबरक्राइब् गरि पनि दिन्थे । कसैले बदलामा त्यसै गर्न लगाउँथे । कसैले “हस्” भन्दथे । कसैले “पछि गर्छु” पनि भने । कसैले इमोजीहरू पठाएका हुन्थे । अपरान्ह तिर एउटा डि.एम्. आएको रहेछ । मेरो नजरमा साँझ मात्र पर्‍यो । तस्लिमा नास्रिनको फ्रान्सेली प्रेमीको मैले पठाएको लिङ्कको तल सोधिएको थियो, “पुरै उपन्यास हो यो ?” मैले त्यो प्रोफाइल् चेक् गरेँ । केहि गहकिला ट्वीट्हरूसँगै, चार-पाँच तस्बिरहरू देखेँ । एउटी सुन्दराले पो रिप्लाई दिएकी रहिछन् मलाई । उनलाई ...

दशैँ फोटो

दशैँको दिन साँझबाट कोलाहल मच्चिएको मेरो मनमा अझै शान्ति फर्किन सकेको थिएन । जति नै कोसिस गरे पनि आफुलाई धैर्य राख्न सकिन । बतास जस्तै गरि उनको सम्झना आउँथ्यो । आँखा फरफराउन थाल्दथे । थाकेको मनको रस निचोरिएर आँखा टिलपिल हुन्थे । झ्यालबाट पारीको क्षितिज हेर्दै टोलाएको म, आफुले गरेको गल्तिको मनमनै प्रायश्चित गरिरहेको हुन्थेँ । रातिको निद्रा हराएको थियो । कुनैबेला पत्तै नपाई, निदाई पनि हाल्थेँ । ब्युझिए पछि फेरि उही हालत । मनमा त्यही कुरा बारम्बार दोहोरिन्थ्यो । दिमागको नसा तताई दिन्थ्यो । मुटुमा डरको काँढाले बिझाइ रहन्थ्यो । कतिबेला के आइपर्छ, पत्तै नहुने । दिनभरको दौडधूपले शरीर लखतरान भएको बेला, अर्को बज्र आइलागेको थियो । मनसँगै शरिर दुखेको थियो । मनको चोट शरीरले थाहा पाएको थियो । शरीरले लक्षण देखाउँदै थियो । शरीर फतक्कै गलेको थियो । असोजको बेला कौसीमा चलेको चिसो हावाका बिच पनि मेरो शरीर भतभती पोल्ने भएको थियो । आन्द्रामा अम्लियपन बढेको महसुस गरेको थिएँ । दिमाग शुन्य भएको थियो । उनलाई के भनौँ ? म कसो गरौँ ? केहि मेसो लगाउन सकेको थिइन । दिनभर दशैँको धपेडीले थिचेको मनको चैन साँझ आफ्नै नकाम...