तिमी मलाई कति माया गर्छौ ?
तिमी भन्छ्यौ... तिमी सोध्छ्यौ... तपाईं मलाई कति माया गर्नुहुन्छ ? मेरो जवाफ सिधा छ how much you let me to ! तिमीलाई आभाष हुने त्यत्ति हो, जति मलाई let गर्छौ नभए तिमीले रोक वा नरोक... मेरो माया रोकिने होइन । तिमी मेरो मनको रानी हौ र तिमी बिना मेरो संसार खरानी हो । कहिले खुसि-खुसि हाँसेर, जिस्किएर कहिले मन दुख्दा, आँखा भरि आँसु बनाएर सधै-सधै नै माया गरि रहन्छ मेरो मन कहिले तिमीसँग सहजै व्यक्त गर्न सकुँला कहिले मेरो मन त्यत्ति मजाले खुल्न नसक्ला तिम्रा कुटिल तर्कहरूमा मेरो भावना दबिएला फेरि तिम्रो बोलीले मिठो स्वागत गर्दा मेरो मन मख्ख पर्दै तिमी सामु लुटपुटिएला कहिलेकाहिँ धेरै खुसि हुँदा पनि मेरो मन डराउला यो खुसि मात्र दुइदिने पो हुने हो कि भनेर तर मेरो माया अविरल झरि जस्तै छ... झरिरहन्छ । तिमी सोध्छ्यौ... तपाईं मलाई कति माया गर्नु हुन्छ ? मेरो मन सोध्छ... तिमी मलाई कतिसम्मको अनुमति दिन्छ्यौ ? तिमीसँग मन खोलेर बत्तिन नपाउँदा मेरा जिज्ञासाहरूमा तिमी मौन भइदिँदा या तिमीले उसै टारि दिँदा म द्विविधामा रोमलिन पुग्छु तिम्रो माया मसम्म आइ नपुगे जस्तो लाग्छ । तिम्रो मायाको आभाष हुँदा... मे...