होला !
एकाएक उनले मेरो माया पत्याईनन् । मैले भनेको थिएँ, “तिमीसँग बोल्न पाउँदा थकान कमी महसुस हुन्छ ।” उनले नपत्याए जस्तो गरी भनि दिईन्, “होला !” मैले उनलाई विश्वास दिलाउने कोसिसमा भनेँ, “मलाई त हुन्छ क्यारे !” उनले अझै पनि सुनिश्चितता प्रकट गरिनन् । भनिन्, “हस् !” मेरो कुरा चित्त बुझ्दो नलागेर प्रसङ्गलाई त्यत्तिमै टुङ्याउन तिर लागेको जस्तो प्रतित हुन्थ्यो । मेरो मुटु फुल्लिन थालिसकेको थियो । सास तेज भएको थियो । कामको थकानलाई, मनको थकानलाई उनीसँग केहिबेर गन्थन् गरेर भएपनि आफुलाई कायाकल्प गराउँछु सोँचेको थिएँ । तर सधै त्यस्तो नहुने । बिरालोलाई सधैको दुध र भात पुगोस् पनि कसरी ? मेरो मन झन भारी भयो । यसै त उनको अभावले भिडमा पनि एक्लो महसुस गर्ने म, झनै एक्लिएको जस्तो लाग्यो । शरीर सोझ्याउन एकैछिन बेडमा पल्टिन त पल्टिएको थिएँ । तर मनको आनन्द लिन भने पाइन । मन भरि कुरा मात्रै दौडिन थाले । धेरै कुराहरू सोँच्न थाल्यो मेरो दिमागले । उनका छोटा एवम् बाध्यात्मक जस्ता लाग्ने जवाफहरू सुनेर, उनलाई केहि न केहि त भएको हुनपर्छ भन्ने अनुमान लगाएको थिएँ । केहि कुरा निस्कन्छ कि सोँचि मैले मजाकको शैलीमा भनेँ, “एक...