Posts

फेरि पनि उनी

हिजोआज हाम्रो cold-war दिनहुँ जसो प रि रहेको हुन्छ । सायद मेरो पतन मानसिकताको शिकार भएको छ , हाम्रो प्रेम । निकै नै positive , successful र standard व्यक्तित्व कि उनी , म अत्यन्त vile,  negative र dark भएकैले , सायद उनलाई धेरै नै सताउँछु क्यारे ! अरु त के कुरा र ? म त उनीसँग बोल्न मात्र पनि लायकको छैन   । म जस्तो सँग पनि मिठो बोलेर साथ दिने उनी महान छिन् । हरेक कुराले classic छ उनको persona । भन्न मन लाग्छ, "मलाई माफ गरिदेउ , म सञ्चो हुन सकिन" । म यस्तै रहेछु, always precarious ! inquisitive and nosy ! पहाडको टुप्पोमा पुगेपछि एउटा आरोही पनि ओह्रालो लाग्छ । सायद यस्तै भएको हुनुपर्छ, हाम्रो प्रेममा पनि   । बिचका तीन-चार दिन जति प्रेमले चुचुरो नाघेको थियो । कम्तिमा मैले त्यस्तै महसुस गरेको थिएँ । स्वर्णिम थिए ति पलहरू । त्यस्तै पलहरू नै हुन्, जिन्दगीमा मलाई उर्जा प्रदान गर्ने ।  हाम्रो प्रेम त्यो उत्कर्षमा पनि पुग्न सक्छ भन्ने कहिले लागेन । म आफै पनि deserving छु जस्तो कहिले लागेन  ।  यो उनकै मिठो देन थियो । मेरो लागी अनुपम उपहार थियो  । मेरो...

फेरि उनी

जुनेली रात छ । आकाश गहिरो र खुला देखिन्छ । फाट्टफुट्ट मात्र बादलका टुक्राहरू यताउता भौतारिरहेका देखिन्छन् । केहि टाढा, नजिक भन्दा अलि पर, भुकिरहेका कुकुरहरूले यो रातको शुन्यतालाई खलल पुर्याइरहेको भान हुन्छ । बतासमा चिसोपन मिसिएको छ । चिसो बतासको झोक्काले घरि-घरि यो मेरो पातलो shirt पार गरेर जिउ नै चिसो बनाइदिन्छ । शरीर अलि थकित छ । उनको यादका लहरहरू आउँदै जाँदै गर्दै छन् । उनको सम्झनाले मात्र पनि दिनभरिको थकान मेटीदै गएको पाउँछु । उनको मधुर आवाज सुन्नको लागि प्रतिक्षामा छु । थाहा छैन, के भनुँला कुराकानीमा तर पनि व्यग्र छ यो मन उनको सुन्दर आवाजमा हराउन, उनका मिठा कुरा सुन्न । थाहा पाउनु छ, उनको खबर, उनको दिनचर्या । उनको मन, मस्तिष्क, भावना सम्मका कुरा जान्ने इच्छा हुन्छ, मलाई । उनको जीवन, आफ्नै जीवन भन्दा नजिक बनाउनु छ । उनी, आफै भन्दा प्रिय भएकी छन् । समय सधै उस्तै नरहने । सधै एकैनास नहुने । मलाई सधै उनीसँग नजिकिने सौभाग्य मिल्दैन । कुराकानी सधै flow मा जाँदैन । उनी अलि बेग्लै tone मा हुन्छिन्, आवाजमा त्यस्तै झलक परेको छ । सायद केहि भएको हुनुपर्छ, म अनुमान लगाउँछु । उनी मनको कुरा सुन...

उनी

सधैको भन्दा अलि सबेरै ब्युझिएको थिएँ । तैपनि शयन कक्षमा घामका किरणहरू आएर बसिसकेको पाउँछु । जेष्ठ महिनाका सुरुवाती दिनहरू, गर्मी उकालो चढ्दै गरेको हुन्छ । बिहानीको चिया पिउने क्रममा छु । साथै अलिकती अघिल्लो दिनदेखी भिजाइएका चना । तिम्रो यादका लहरहरूले किनारा नाघिसकेका हुन्छन् । बिहानीपख यस्तै भएको पाउँछु, अलि तिब्र रुपमै, सम्हाल्नै नसक्ने गरि । सबै कुरा ठिक हुदाँ हुदै पनि, मलाई some kind of incompleteness ले सधै haunt गरिरहेको हुन्छ । संसारकै सबै भार यहि छातीले थाम्नु परेको जस्तो लाग्छ । यो पल लाग्दछ, यो मनको सम्पूर्ण भारी तिमीसँग बिसाउन पाउँ । तिमीलाई हेर्न पाउँ र हेरिरहुँ, तिम्रो आवाज सुन्न पाउँ, तिम्रो मुस्कान देख्न पाउँ, तिम्रो हात समाउन पाउँ, तिम्रो मुहार स्पर्श गर्न पाउँ, तिम्रो आँखामा डुब्न पाउँ । लाग्छ, तिमीलाई मेरो मायाको कसिलो अंगालोमा बेरूँ र कहिले नछोडुँ । सधै सँगै राखूँ र अत्यन्तै स्वर मच्चाईरहेको मनको आवाज तिम्रो कानमा खुसुक्क भनूँ, कि “I love you, मेरी रानी !” “छोडी नजाउ मलाई, तिमीलाई नजिकै देख्न चाहन्छु, टाढा नजाउ ।” गतको संवादमा भन्दै थिइन् “आज मलाई निद्रा लागेको छ” ...