रोदन
यति विधि म कहिले रोएको थिइन । वा मलाई सम्झना छैन । उनले फोन राखिसके पछि मन भक्कानिएर आयो, थाम्न खोजेँ सकिन । मन उद्देलित भएर भित्रैबाट हुत्तिएर आयो, अनि फुट्यो मूल सरी । बाथरूम पसेर शावर खोलेर रोएँ । आवाज छेक्न लाइ, धारा खोलेर बाल्टिन थापी दिएँ । भित्ताको साहारा लिएर रोएँ । पीडा लुकाउन रोएँ, बेदना पखाल्न रोएँ । खै किन रोएँ ? confusion मा रोएँ, मायामा रोएँ, सम्झनामा रोएँ, आफ्नै पागलपनमा रोएँ, acceptance मा रोएँ, denial मा रोएँ, रुन्चे म खुब रोएँ । सुटुक्क रोएँ, आफैले आफैलाई सम्हाल्न नसक्दा रोएँ, उनलाई दुख दिएकोले रोएँ, सताएकोले रोएँ, रोयल persona उनी, उनलाई रुवाएकोले रोएँ, उनीसँग सहज हुन नसकेर रोएँ, मिठा बात गर्न नजानेर रोएँ । आफ्नै स्वार्थीपनले रोएँ, आशामा रोएँ, निराशामा रोएँ, छटपटीमा रोएँ । वाक कुशलताको अभावमा रोएँ । स्पष्ट भएर रोएँ, अस्पष्ट देखेर रोएँ । खराब भएर रोएँ, खतम भएर रोएँ । खुब रोएँ, काम नपाएर रोएँ । यी शब्दहरू लेख्दै गर्दा पनि आँसु रोकिन मान्दैनन् । पृष्ठमै आँसु खस्छ, तप्प ! कागज फुल्लिन्छ । हातले पुछी दिन्छु । कागज नै च्यातिन्छ । मन झनै भक्कानिन्छ, बलिन्द्र धारा लाग्छन, यी...