साझेदार र असुरक्षा
उनको सम्झना आइरहन्छ मलाई । बेहिसाब आउँछ । अझ बिहानीपख त्यसको तिव्रता झन् बढी हुन्छ– सास नै रोकिएला जस्तो । उनको अभाव खट्किन्छ । आज पनि त्यस्तै भयो । निकै तिव्र । कतै उनी टाढिन पो खोज्दै छिन् कि– भन्ने यो मनलाई लाग्दा, अझ बढी एक्लिएको महसुस गर्छु । उनलाई केहि भन्न पनि सक्दिन । झनै कुरा बिगार्छु कि जस्तो लाग्छ । त्यसैले, केहि नभनी बसेको हुन्छु । भित्र-भित्रै कुरा गुम्साउँदै । भनि हालौँ भने पनि, छङ्ङ छैन मन । उनले छेकबार लगाइरहेको पाउँछु । अनि त्यसै पछाडि हट्छ मन । भित्र-भित्रै जल्न पुग्छु । आफैले निभाउन पनि जान्दिन । त्यो बिहान, फेरि मेरो मनमा विभिन्न तर्कनाहरू दौडँदै थिए । जुन कुराहरू मैले उनलाई सुनाउन सक्दिन । त्यसैले लेख्ने कोसिस गर्दै छु । यदि केहि गलत शब्द/भाव निस्किएमा, म क्षमा चाहन्छु । अलिकती मात्र पनि, मैले नराम्रो मतलब राखेको छैन । यस्तो विचार आएको थियो– यदि म भएको भए ल्याउने थिइन होला । हामी दुइको बिचमा पर्ने गरि कुनै पनि कुरा ल्याउने थिइन । मेरो मामलामा त झन्, श्रीमती पनि नाइँ । हुन त, त्यो केबल एक पाल्तु जनावर मात्र हो । तर थाहा छैन किन– त्यस कुराले मलाई जोडले हिर्कायो । भित...