Posts

Showing posts from 2026

प्रेमाभिव्यक्तिमा प्रतिबन्ध

असार २१ (साल थाहा छैन) आज, उनले मेरा अधुरा शब्दहरूलाई ओठमै बाँधिदिइन् । यो निषेधको पर्खाल यति छिटो र यस्तो कठोर ढङ्गले उभिन्छ भनेर मैले कहिल्यै सोचेको थिइन । धेरै दिनदेखि मनको गहिराइमा थुप्रिएको मायाको छाललाई आज बगाउन मन थियो । मैले धक फुकाएर भनेँ, "धेरै दिनदेखि भनेको थिइनँ, आज एउटा कुरा भन्छु है !"  तर, उनका शब्दहरूले चट्टान बनेर मेरो प्रस्तावलाई बाटोमै रोकिदिए— "नभन्नु! किन भन्नुपर्‍यो ?" त्यो पल, मेरो मुटुले आफ्नै गति बिर्सियो । म शब्दहीन भएँ, आफैँभित्र कतै छुटेँ । उनले "मैले फोन राखेँ है !" भन्दै संवादको डोरी चुँडाइन् । मनमा अनगिन्ती तरङ्गहरू उठे । के उनले मेरो समर्पण देखिनन् वा देख्न नै चाहिनन् ? तर, यदि मनमा कुनै अनुराग थिएन भने, एकपटकमै मेरो फोन उठाउन नपाउँदा, पछि आफैँ किन कलब्याक गरिन् । त्यसले कस्तो अर्थ राख्थ्यो ? यो रहस्य मैले बुझ्न सकिरहेको थिइन । हृदयको पत्रमा सञ्चित प्रेमाभिव्यक्तिको तृष्णा असह्य भइसकेको थियो । लामो समयदेखि परेको मनको गाँठोलाई म आज फुकाउन चाहन्थेँ । तर, मेरो पहिलो लवजमै मेरो अन्तरमनको कुरा थाहा पाएर उनले मलाई रोकिदिइन् । वास्...