सम्झेर हुँदा

सम्झेरै हुन्थ्यो भने आज सगरमा तिमी र म हुन्थ्यौँ
र भोलि फेँदीमा पनि हामी नै हुन्थ्यौँ
हुने थिएन कोहि अर्को, बस् तिमी र म हुन्थ्यौँ
जहाँ हुन्थ्यौँ, जस्तो हुन्थ्यौँ
एक अर्कामा लिन् हुन्थ्यौँ, बिलिन् हुन्थ्यौँ
छुट्टै अर्को संसारमा हुन्थ्यौँ
खुसि र हाँसोको बिचमा हुन्थ्यौँ
माया र उन्मादको सिँचमा हुन्थ्यौँ
हुन्थ्यौँ त्यहाँ, जहाँ मन हुन्थ्यो
जीवन हुन्थ्यो, आफ्नोपन हुन्थ्यो, झन् हुन्थ्यो
असिम आनन्दको पल हुन्थ्यो, फल हुन्थ्यो, जल हुन्थ्यो
हरपल हुन्थ्यो, मलमल हुन्थ्यो, झल् झल् हुन्थ्यो ॥

तर ... भएनौँ, भएन, हुँदैन; छैन भागमा
तिमी थियौ, छौ र हुनेछौ सधै सम्झनामा
धन्य छ यो सम्झना
तिमीलाई मसँग सँगै राख्छ
तिमी साथै छौ भन्ने आभाष गराउँछ
फेरि बाँधिन पाउने आशा दिलाउँछ
यहि सम्झना तिम्रो
जसले खस्नबाट जोगायो, डुब्नबाट बचायो
सम्हाल्यो मलाई कष्टहरूमा, भत्किन दिएन
घाउहरू पुरिदियो, सञ्चो तुल्यायो, जीवितै राख्यो
र यो सम्झना फेरि पनि भन्दै छ
तिम्रो खबर आउने छ, तिमी आउने छ्यौ
बस् पर्खाइ अलिकती लामो हुनसक्छ
तिमीसँग फेरि भेट अवश्य हुनेछ ॥

२०७७ मङ्सिर १५, सवा १ बजे

Comments

Post a Comment

Popular posts from this blog

द व्हाइट् टिकेट्

बाटो मुनिको फूल

Love & Venom