देशलाई चिन्छौ ?

हाम्रो देशलाई चिन्छौ ?
हो, तिम्रो र मेरो देश
हामी सबैको प्यारो नेपाल
यहीँ जन्मिएर पनि
यहीँ हुर्किएर पनि
कतै चिन्न सकेनौ की ?

यि सेता हिमालको काख
अनि हरियाली डाँडाको साथ
तिमीले बिर्सियौ कि ?

ति अग्ला पहाड
र ति बिच बग्ने नदिहरू
त्यसको निश्चलता देखेनौ की ?

चार कोसे झाडी
अनि त्यो सिमसार
तिमीले नाप्न भ्याएनौ की ?

बिहानी घाम
चरिको चिरविर
यहाँको मौसम
तिमीले ताप्न, सुन्न, आभाष गर्न सक्यौ की सकेनौ ?

हाम्रा मौषमी उत्पादनहरू चाख्यौ की चाखेनौ ?
ति जडिबुटीहरू तिमीले रोज्यौ की रोजेनौ ?



हेर एकपटक
नियालेर हेर
गमेर हेर
भुइँमा उत्रिएर हेर
मेरो देशलाई हेर
हामीलाई हेर
हाम्रो संस्कार र संस्कृतिलाई हेर
जात-जाति र भाषा-भाषीलाई हेर
खण्ड-खण्डमा अखण्ड पाउने छौ
एकै आँगनमा सबै देख्ने छौ ।

हिमाल, पहाड, तराई सबै हेर
पूर्व देखि पश्चिम सम्मै हेर
यो सुन्दरता
तिमीले अन्त नखोज
तिमी कङ्गारु नबन
मनको आँखा खोलेर हेर
एकपटक फेरि हेर
अनि पो चिन्थ्यौ की !?

Comments

Popular posts from this blog

द व्हाइट् टिकेट्

बाटो मुनिको फूल

चुम्बकिय गिफ्/जिफ्