तिमी चाहियो

मलाई, तिमी चाहियो, भर्खरै चाहियो
पलपलमा चाहियो, हरपलमा चाहियो
मलाई माया गर्ने, तिम्रो त्यो मन चाहियो
अनि त्यो सुडौल बदन चाहियो
तिमी सँगै म, मनलाग्दी खेल्न पाउँ
तिमीलाई पनि त्यस्तै लागोस्
टोक्न पाउँ, चुस्न पाउँ, चिमोट्न पाउँ
त्यो ज्यानमा, यो ज्यान रगड्न पाउँ
घर्षणको ज्वाला बलोस् अनि म निभाउँ
नग्नता निहार्न पाउँ, चुम्बकझैँ टाँसिन पाउँ
ताल, हिमाल र नदीको रागमा रम्न पाउँ
श्वेत बदन तिम्रो, चुम्दा चुम्दै लाल होस्
स्याउ जस्ता गाला अनि गुलाबी ओठ चाहियो
त्यो हाँसोको प्याला र सुमधुर आवाज चाहियो
तिम्रो मिठो स्पर्शको लहर चाहियो
मलाई, तिमी चाहियो, बिछट्टै चाहियो
आधाआधि मात्र होइन, पुरै चाहियो

१७ असोज ७७, शनिबार सबेरै
सुन्निएको गाला सुम्सुम्याउँदै

Comments

Popular posts from this blog

द व्हाइट् टिकेट्

बाटो मुनिको फूल

चुम्बकिय गिफ्/जिफ्