के दोष ?

सुन्न चाहेनौ तिमी आफै बातको के दोष
डुब्यौ आफै तिमी नसामा मातको के दोष

खान्छौ होला तिमी पैसा, बङ्गला र गाडी
भोक नै छैन तिमीलाई भातको के दोष

मनले सम्झी, आँखाले खोजी, अङ्गालेर हेर
माया नै छैन तिमीलाई घातको के दोष

आफ्नो बाटो हिँडेनौ, अरुकै चासो बढी
आफै जिब्रो बिचमा ल्यायौ दाँतको के दोष

बोली भाषा संस्कृति सबैको फरक-फरक
भेद तिमीले राख्यौ जातको के दोष

तोड्न, भत्काउन, बिगार्न, बिथोल्न मात्र चाह्यौ
जानेनौ गाँस्न तिमीले टपरी पातको के दोष

राख्यौ फिँजाइ मनलाई दुनियामा
घोडाको पछाडी तिमी उभियौ लातको के दोष







Comments

Popular posts from this blog

सम्झेर हुँदा

तिमी, अवश्य नै !

चुम्बकिय गिफ्/जिफ्