बन्न त, जिन्दगीमा धेरै साथीहरू बने । धेरै थरिका पनि बने । तर कलेज पढ्दा, जब उ आयो, त्यसपछि उ जस्तो कोहि आएन । कलेजमा हुँदा पनि र त्यसपछि पनि । त्यसपछाडिका दिनमा म, उसँग जस्तो नजिक अरुसँग भइन । जिन्दगीको निकै लामो अंश मैले उसँग बिताएको छु । उसको साथमा व्यतित गरेको छु । उसँगका त्यस्ता धेरै क्षणहरू छन्, जुन म कहिले बिर्सन सक्दिन । धेरै त्यस्ता सम्झन लायक पलहरू बनेका छन्, जुन हामीले साथमा बिताएका थियौँ । उ मेरो साथी मात्र नभई, हाम्रो परिवारकै एक सदस्य पनि हो । एकअर्काको घरमा हाम्रो आउजाउ पनि समय मिलेसम्म भइ नै रहन्छ । कहिले कामको शिलशिलामा, कहिले भेटघाट र गफगाफको लागि मात्र पनि । म उसको घरमा जाँदा, उसका बुबाआमा तथा दिदीहरू मेरो प्रशंसा गर्न थाल्नु हुन्छ । उ मेरो घरमा आउँदा, मेरो बुबाआमा र बहिनी उसको प्रशंसा गर्न थाल्नु हुन्छ । उ आएर गएको केहि दिन सम्मै चल्छ मेरो घरमा, उसको गुण र मेरो दोषको चर्चा । उ आएर मेरो घरमा बसेर गएपछि, कहिलेकाहिँ म उसलाई भन्ने गर्छु - "अब दुई-चार दिनसम्म डाइलग खुवाउने भयौ यार !" उ फिस्स हाँस्छ मात्र । उ आउँदा मेरो घरमा सबै उजेलिन्छन् । म जाँदा वहाँ पनि सबैज...
कान्ला मुनिको खालि जमिन सानो झार, पतकर, विष्ठा, आदिले मलिलो एउटा चरा, चोँचमा त्यान्द्रो बोकी पुग्यो त्यहिँ, खायो आहार ठोसी-ठोसी त्यान्द्रोको केहि भाग यत्रतत्र छरियो एउटा बिजले चिस्यान् पायो बिउ फुटेर बिरूवा टुसायो घामपानी खाँदै हुर्किन थाल्यो बर्षाको थोपाले टाउकोमा हान्थ्यो किरा, फट्याङ्ग्राले चुमेर जान्थे हार नमानि बढ्यो बिरुवा एकदिन त्यसमा बस्यो कोपिला पातको डल्लो एकदिन खुल्यो पत्रदलले साहारा दिए पुष्पदलको राज भयो प्रकृतिको सुन्दरता बढ्यो भमरा र पुतली रम्न थाले हावासँगै नाच्न थाल्यो, बाटो मुनिको फूल माथीबाट ढुङ्गा पल्टियो थिचियो त्यो फूल, बिरामी पर्यो केहि दिन लाग्यो, तर फेरि पलायो जुर्मुरायो, पहिले जस्तै बयेलीन थाल्यो दुई स्कुले केटा आए बाटोबाटै तुर्क्याए मुखमै पर्ने गरि निथ्रुक्कै शरीर भिज्ने गरि मुस्कायो फूल अम्लीय पानी बोकेर केहि छिनलाई आफ्नो सास रोकेर सुकिलो हुँदै मात्र के थियो गोठालो आयो एक हल गोरु लिएर एउटा गोरुले उसको हात निमोठ्यो उ डरले काँप्न थाल्यो गोरुको नाक फूलको मुखै निर आयो गोरुले एक सास भित्र तान्यो र फेरि जोडसँग बाहिर फाल्यो किशोरहरू प्रति फूल कृतज्ञ भयो ...
९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए । दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन । राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भ...
Comments
Post a Comment