खराब म !

म, खराब नै छु
तिमीलाई माया गर्ने कुरामा बाहेक
अरु कुरामा म सहि छु जस्तो लाग्दैन

मलाई सहि हुनु पनि छैन
बस तिमीलाई माया गर्नु छ
अरुलाई, यस्तो माया सहि नलाग्न पनि सक्छ
तर मेरो लागि सहि छ, एकदम सहि
मैले रोजेको मायाको बाटो, सबैभन्दा माथि छ

म अपुरो छु तिमी बिना, खाली खाली
केहि बाँकी नै रहेको जस्तो
मन भित्रकै तिमीले भर्न सिक्दै छु आफुलाई
खालीपन हटाउने कोसिस गर्दै छु

सबै सुखहरूले युक्त महसुस होस्
त्यसकै खोजीमा छु
त्यो दिव्यता तिम्रो मलाई पनि देउ
र म पनि तिमी जस्तै content हुन सकूँ
तिमी साथको आभास सधै रहोस्

(२२ मङ्सिर २०७७)

Comments

Popular posts from this blog

सम्झेर हुँदा

तिमी, अवश्य नै !

चुम्बकिय गिफ्/जिफ्