देखेँ

तिमीलाई जब पहिलो पटक देखेँ
तिम्रो रुपमा भगवानको चटक देखेँ

लहराउँदो केश तिम्रो, मुहार छोप्न तत्पर
हटाउनलाई त्यो, गरेको झटक देखेँ

सुन्दर अनुहार, मिलेको शरीर
तिम्रा पछि लाग्नेहरूको घटक देखेँ

सबै तिम्रो नजिक हुन खोज्दथे
गरेको बेवास्ता त्यो, नजानिँदो हटक देखेँ

यात्रा अधुरो, तिमीसँग पुरा गरुँला सोचेँ
तर तिम्रो एक्लै जिउने मटक देखेँ

(सन् २०११ तिर)

Comments

Popular posts from this blog

द व्हाइट् टिकेट्

बाटो मुनिको फूल

चुम्बकिय गिफ्/जिफ्