तिमी छैनौ

कल्पिदैँ छु म, तिमी साथमा छैनौ
सारा खोजेँ, किताबका खातमा छैनौ

सबैले सुनाउँछन्, प्रगति गाथा
निशब्द छु आज, बातमा छैनौ

सबै बलिया बाङ्गा हुँदै गए
कमजोर छु आज, आँतमा छैनौ

सबैले समय आफ्नैलाई दिन्छन्
एक्लो छु आज रातमा छैनौ

पिउँदा पिउँदै बोतल सब रित्तिए
छैन त्यो मजा आज, मातमा छैनौ

(आरम्भ; ०६८ माघ २८, २३:२१ -
	०६८ फाल्गुण ६, १८:०२ ; पूर्ण)

Comments