यतिबेला

उनलाई बाडुली लाग्या हुनुपर्छ यतिबेला
खै के भा'को यो मन सम्झेको सम्झ्यै गर्छ यतिबेला

अघि पछि उनकै मायाको भोकको पीडामा भए पनि
उनीसँगै त्यो पाहारिलो पाखामा यो मन चर्छ यतिबेला

उमार्ने र फलाउने तिब्र आशामा
हैन किन यो मन प्रेम बिज छर्छ यतिबेला
 
(मे १, २०१३ ; १८:४९)

Comments

Popular posts from this blog

द व्हाइट् टिकेट्

बाटो मुनिको फूल

चुम्बकिय गिफ्/जिफ्