Posts

Showing posts with the label Valley Rose

शब्दमा मात्र ...

च्याट्मा सामान्य तवरले कुराकानी चलिरहेकै बेला, म आफै जान्ने पल्टिदाँ कुरा बिगारेँ । भएका सबै खुलदुलीहरू मेटाउनै पर्ने मलाई ! “हैन, जिज्ञासा पनि के साह्रो लागेको हो ? कहिँ नभा’को !” - मनमनै कराएँ म । “लागे पनि, लागी राखोस् ! अब, आफ्ना प्रश्नहरू आफैसँग राख्ने गर् । बिथ्थामा उनको मन दुखाइस् ।” - आफैसँग आक्रोश पोख्दै थिएँ । प्रसङ्ग, उनको प्रेमील ट्वीट्को थियो । पढेर म, भावनामा हराएको थिएँ । उनले मलाई नै सम्झेर रचेको जस्तो लागेको थियो । हुन त, उनका हरेक प्रेमील प्रसङ्गहरूमा, म त्यस्तै नै महसुस गर्ने गर्छु । कुनै नौलो कुरा थिएन । मैले उनलाई त्यो ट्वीट्को स्क्रिनशट पठाएर भनेँ “कसम ! म अवाक भएँ” । उनको जवाफ थियो “कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ, भनेर लेख्नु पर्ला जस्तो छ, मुनि” । उक्त ट्वीट्लाई मैले आफैसँग जोडेर हेरेको कुरा बुझेर नै उनले त्यसो भनेकी थिइन् । मलाई, केहि जवाफ दिन आएन । केहि क्षण सोँचमा हराएँ । उनले फेरि भनिन् “आफ्नै जिवनमा मेल खाएमा चाहिँ के लेख्ने होला” ? टेक्स्टको अन्त्यमा दुइवटा थिङ्किङ् इमोजीहरू थिए । अहिले भने मेरो दिमागमा केहि जवाफको खाका आयो कि जस्तो लाग