Posts

Showing posts from January, 2021

के दोष ?

सुन्न चाहेनौ तिमी आफै बातको के दोष डुब्यौ आफै तिमी नसामा मातको के दोष खान्छौ होला तिमी पैसा, बङ्गला र गाडी भोक नै छैन तिमीलाई भातको के दोष मनले सम्झी, आँखाले खोजी, अङ्गालेर हेर माया नै छैन तिमीलाई घातको के दोष आफ्नो बाटो हिँडेनौ, अरुकै चासो बढी आफै जिब्रो बिचमा ल्यायौ दाँतको के दोष बोली भाषा संस्कृति सबैको फरक-फरक भेद तिमीले राख्यौ जातको के दोष तोड्न, भत्काउन, बिगार्न, बिथोल्न मात्र चाह्यौ जानेनौ गाँस्न तिमीले टपरी पातको के दोष राख्यौ फिँजाइ मनलाई दुनियामा घोडाको पछाडी तिमी उभियौ लातको के दोष

समान फरक

तिमी वहाँ प्रेममा छौ म पनि यहाँ प्रेममा छु तिमी वहाँ, उहाँसँग छौ म यहाँ तिम्रो यादमा छु तिम्रो साथमा, तिम्रो उहाँ मेरो साथमा तिम्रो सम्झना तिमी घुम्छ्यौ होला बजार उहाँसँग म बरालिन्छु एक्लै, सम्झिदैँ तिमीलाई तिमी खान्छ्यौ मिठो, तातो उहाँसँगै म खान्छु चिसै एक्लै बस् धान्न प्राण गर्छ्यौ तिमी, उहाँसँग दोहोरो संबाद म गर्छु एक्लै कुरा कल्पनामा तिमीसँग तिमी बाँधिन्छौ उहाँको न्यानो अङ्गालोमा म सम्झिन्छु तिम्रो प्रिय अङ्गालो चिसो रातमा हाँस्छ्यौ होला तिमी प्रत्येक जोक्समा उँहाका मेरा आँखा रसाउँछन् यहाँ तिम्रो अभावमा मेरो निधारमा यस्तै कि मैले जिउन नजानेको यो कस्तो पहेली जिन्दगीको जसको कुनै उत्तर भेट्दिन तिमीसँग छ भने देउ न है मलाई कुरो बुझाइदेउ न है तिमी सुख, शान्ति र सन्तुष्टिकि रानी म बज्र, पिडा र टुक्रिएको हानी तिमी कति पुष्ट, मोटीघाटी, सुन्दर म ख्याउटे, कुरूप, बेकार, बाँदर तिमी कति विदुषी र छौ व्यवहारिक म कस्तो ग्वाँच र अप्रासङ्गिक तिमी निस्फिक्री आनन्द जिवनमा म कस्तो सधै डर र बिलौनामा तिमी कत्ति ज्ञानी, सम्पूर्ण ढङ्गकी म गुड्डी हाँक्ने मात्र, खोक्रो बेढङ्गी तिमी हौ विचारिणी सबको ख्याल छ