Posts

Showing posts from 2023

चुम्बकिय गिफ्/जिफ्

९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए । दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन । राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भ

कुर्था

बिहान गूड् मर्निङ् सन्देशसँगै उनले आफ्नो तस्बिर पठाएकी थिइन् । कुनै पर्व वा अवसर पारेर खिचिएको तस्बिर थिएन त्यो । बिहानी कक्षामा आफुले पढ्दै गरेको बेला एउटा सेल्फि खिचेर पठाएकी थिइन् प्रियतमाले । फिल्टरको असर प्रशस्तै भएपनि, आज तस्बिर इतिहासमा पहिलोपटक उनी भन्दा सुन्दर देखेको थिएँ मैले । र त्यहि अनुपातमा गम्भीर पनि भएकी जस्तो लाग्यो मलाई । रसिला आँखाले बिलकुल मलाई हेरेकी थिइन् । एउटा हात चिउँडोमा थियो । तर घाँटी तिर बढि पर्ने गरि । उनको त्यो अकस्मातको तस्बिर र तस्बिर भित्रको उनको स्वरूपले, उनको सानिध्यमा बिताएका पलहरू एकैपटक उद्वेलित गराईदिएको थियो । उनका यादहरू सम्हाल्नै नसकिने गरि मेरा आँखामा छचल्किएका थिए । तस्बिर बोल्दै थियो । — ई हेर मलाई । कक्षाकोठामा पनि म तिमीलाई सम्झिएर बसेकी छु । यि आँखाले तिमीलाई खोजि रहेछन् । कहाँ छौ तिमी ? दुई दिनको लागि आयौ । अनि अहिले कहाँ गयौ हँ ? मलाई तिम्रो उपस्थितिको बानी लगाईदिएर एक्लै छोड्यौ । यो निधारले तिम्रो अधरको स्पर्श याद गरि रहेछ । यी हातहरूले तिम्रो हातको पकडको अभाव महसुस गरि रहेछन् । अनि म तिम्रो चाहनामा डुबेकी छु । तिमी साथ नहुँदा एक्ली भ

तस्बिरको बिल्ला

अघिल्लो दिन राति उनले उनको एउटा तस्बिर पठाएकी रहिछन् । मैले बिहान मात्र देखेँ । तस्बिर निकै सुन्दर थियो । तस्बिरमा उनी अलिकती मलिन जस्तो देखिन्थिन् तर निकै भद्र । परिपक्क शालिनता झल्किएको थियो उनको मुहारमा । उनको त्यो साइड् प्रोफाइल् हेरेर मुग्ध भएको थिएँ म । निकै गजबको कोणबाट खिचिएको उनको त्यो तस्बिरले उनको वास्तविक सुन्दरतालाई धेरै हदसम्म न्याय गरेको थियो । उनको तस्बिरले आउनुले मलाई धेरै खुसि प्रदान गरेको थियो । लागेको थियो, अब रिसाएकी छैनिन् । मुटु नै चढाउँ जस्तो लाग्ने त्यो उनको तस्बिरको बारे मैले केहि कुराहरू भनेको थिएँ । मलाई स्वर्गीय आनन्द जो गराएको थियो त्यो तस्बिरले । मेरो लागि त्यो तस्बिर, तस्बिर मात्र थिएन । मेरो प्राण थियो । मेरो प्रेम प्याला थियो । मेरी उनीको प्रेमिल भाव थियो । त्यसैले पनि मैले मन खोलेर, मलाई लागेको कुराहरू भनेको थिएँ । उनको सुन्दरताले मेरो मन छोएको कुरा गरेको थिएँ । र सोँचेको थिएँ– उनले हाँस्दै प्रतिक्रिया जनाउने छिन् । तर त्यस्तो भएन । उनले ति कुराहरूलाई सिधै नजरअन्दाज गरि दिइन् । अहँ, एक शब्द आएन । त्यो देखेर म छाँगाबाट खसेको जस्तो भएको थिएँ । भर्खर नुह

सि.आई.डी.

निकै ठुलो उम्मिद बोकेर उनलाई फोन गरेको थिएँ । खासमा, म आत्तिएको थिएँ, उनीसँग बात्तिन । कतिबेला उनीसँग कुरा गरौँ, अनि मन पोखौँ– जस्तो भइरहेको थियो । त्यसै-त्यसै हतारिएको थिएँ म– उनीसँग बहकिन । हिजो रातिको संवादमा देखिएको खुलापनले मेरो मनमा जोश भरिदिएको थियो । उनको पनि उत्साह सहित, केहि खास विषयहरूमा विना छेकबार उनको राय बुझ्न पाउँछु कि– झैँ लागेको थियो । बिहान केहि भावहरूले मनमा कब्जा जमाएका थिए । कौतुहलता र जिज्ञासा थपिदिएका थिए । अब साँझको कुराकानीमा सोध्नु पर्ला भनि टिपोट गरेको थिएँ । जस मध्ये मूल यसप्रकार थिएँ :- १. उनले भनेकी थिइन्– “मनको कुरा खोल्ने त अहिले पनि कोहि छैन ।” - मेरो पनि त कोहि थिएन ? उनी आएपछि, उनी नै भएकी थिइन् । म त उनको लागि त्यति पनि भइन । उनको सुख-दु:ख बाँड्ने विश्वास पात्र किन हुन नसकेको होला म ? एक्लै नै आफ्ना कष्टहरूसँग लड्न खोज्छिन् । सुनाउँदा मात्रै पनि आधा कष्ट कम भएर जाने कुरामा विश्वास गर्दिनन् क्यारे उनी । म उनको दु:खको सारथी हुन सक्ने कुरामा निश्चिन्त हुन नसकेर हो कि ? कि सुनाउँदा असुरक्षित महसुस गर्छिन् ? आफ्नो कमजोर पाटो देखाउँदा, मैले उनलाई नराम्रो

तिमी, अवश्य नै !

म मेरो यु-ट्युब् च्यानल् प्रोमोट् गर्दै थिएँ । केहि हुन्छ कि भनि– श्रुति-संवेग कार्यक्रमका वाचनहरूलाई छाँटेर, काटकुट पारेर दुइ-चारवटा भिडियोहरू अपलोड् गरेको थिएँ । वि.सं. २०७५ पौष २५ गते बुधबारको दिन मध्यान्ह, रोजीरोटीको कामबाट अलिक फुर्सत मिलेको बेला, बन्दै गरेको भवनको चिसो भर्‍याङ्गमा बसेर, च्यानलको प्रवर्धनमा लागेँ । ट्वीटरमा डि.एम्. गर्न मिल्नेहरूलाई रेन्डम्ली भिडियो-लिङ्क पठाई रहेको थिएँ । कसैलाई फलो गरेर । कसैलाई नगरेरै । साथै “नेपाली उपन्यास र कथा सुन्नका लागि, कृपया शेयर् तथा सब्स्क्राइब् गर्नुहोला !” भनेर फूट्नोट् पनि छोडि दिन्थेँ । कसैले सबरक्राइब् गरि पनि दिन्थे । कसैले बदलामा त्यसै गर्न लगाउँथे । कसैले “हस्” भन्दथे । कसैले “पछि गर्छु” पनि भने । कसैले इमोजीहरू पठाएका हुन्थे । अपरान्ह तिर एउटा डि.एम्. आएको रहेछ । मेरो नजरमा साँझ मात्र पर्‍यो । तस्लिमा नास्रिनको फ्रान्सेली प्रेमीको मैले पठाएको लिङ्कको तल सोधिएको थियो, “पुरै उपन्यास हो यो ?” मैले त्यो प्रोफाइल् चेक् गरेँ । केहि गहकिला ट्वीट्हरूसँगै, चार-पाँच तस्बिरहरू देखेँ । एउटी सुन्दराले पो रिप्लाई दिएकी रहिछन् मलाई । उनलाई

दशैँ फोटो

दशैँको दिन साँझबाट कोलाहल मच्चिएको मेरो मनमा अझै शान्ति फर्किन सकेको थिएन । जति नै कोसिस गरे पनि आफुलाई धैर्य राख्न सकिन । बतास जस्तै गरि उनको सम्झना आउँथ्यो । आँखा फरफराउन थाल्दथे । थाकेको मनको रस निचोरिएर आँखा टिलपिल हुन्थे । झ्यालबाट पारीको क्षितिज हेर्दै टोलाएको म, आफुले गरेको गल्तिको मनमनै प्रायश्चित गरिरहेको हुन्थेँ । रातिको निद्रा हराएको थियो । कुनैबेला पत्तै नपाई, निदाई पनि हाल्थेँ । ब्युझिए पछि फेरि उही हालत । मनमा त्यही कुरा बारम्बार दोहोरिन्थ्यो । दिमागको नसा तताई दिन्थ्यो । मुटुमा डरको काँढाले बिझाइ रहन्थ्यो । कतिबेला के आइपर्छ, पत्तै नहुने । दिनभरको दौडधूपले शरीर लखतरान भएको बेला, अर्को बज्र आइलागेको थियो । मनसँगै शरिर दुखेको थियो । मनको चोट शरीरले थाहा पाएको थियो । शरीरले लक्षण देखाउँदै थियो । शरीर फतक्कै गलेको थियो । असोजको बेला कौसीमा चलेको चिसो हावाका बिच पनि मेरो शरीर भतभती पोल्ने भएको थियो । आन्द्रामा अम्लियपन बढेको महसुस गरेको थिएँ । दिमाग शुन्य भएको थियो । उनलाई के भनौँ ? म कसो गरौँ ? केहि मेसो लगाउन सकेको थिइन । दिनभर दशैँको धपेडीले थिचेको मनको चैन साँझ आफ्नै नकाम

होला !

एकाएक उनले मेरो माया पत्याईनन् । मैले भनेको थिएँ, “तिमीसँग बोल्न पाउँदा थकान कमी महसुस हुन्छ ।” उनले नपत्याए जस्तो गरी भनि दिईन्, “होला !” मैले उनलाई विश्वास दिलाउने कोसिसमा भनेँ, “मलाई त हुन्छ क्यारे !” उनले अझै पनि सुनिश्चितता प्रकट गरिनन् । भनिन्, “हस् !” मेरो कुरा चित्त बुझ्दो नलागेर प्रसङ्गलाई त्यत्तिमै टुङ्याउन तिर लागेको जस्तो प्रतित हुन्थ्यो । मेरो मुटु फुल्लिन थालिसकेको थियो । सास तेज भएको थियो । कामको थकानलाई, मनको थकानलाई उनीसँग केहिबेर गन्थन् गरेर भएपनि आफुलाई कायाकल्प गराउँछु सोँचेको थिएँ । तर सधै त्यस्तो नहुने । बिरालोलाई सधैको दुध र भात पुगोस् पनि कसरी ? मेरो मन झन भारी भयो । यसै त उनको अभावले भिडमा पनि एक्लो महसुस गर्ने म, झनै एक्लिएको जस्तो लाग्यो । शरीर सोझ्याउन एकैछिन बेडमा पल्टिन त पल्टिएको थिएँ । तर मनको आनन्द लिन भने पाइन । मन भरि कुरा मात्रै दौडिन थाले । धेरै कुराहरू सोँच्न थाल्यो मेरो दिमागले । उनका छोटा एवम् बाध्यात्मक जस्ता लाग्ने जवाफहरू सुनेर, उनलाई केहि न केहि त भएको हुनपर्छ भन्ने अनुमान लगाएको थिएँ । केहि कुरा निस्कन्छ कि सोँचि मैले मजाकको शैलीमा भनेँ, “एक

साझेदार र असुरक्षा

उनको सम्झना आइरहन्छ मलाई । बेहिसाब आउँछ । अझ बिहानीपख त्यसको तिव्रता झन् बढी हुन्छ– सास नै रोकिएला जस्तो । उनको अभाव खट्किन्छ । आज पनि त्यस्तै भयो । निकै तिव्र । कतै उनी टाढिन पो खोज्दै छिन् कि– भन्ने यो मनलाई लाग्दा, अझ बढी एक्लिएको महसुस गर्छु । उनलाई केहि भन्न पनि सक्दिन । झनै कुरा बिगार्छु कि जस्तो लाग्छ । त्यसैले, केहि नभनी बसेको हुन्छु । भित्र-भित्रै कुरा गुम्साउँदै । भनि हालौँ भने पनि, छङ्ङ छैन मन । उनले छेकबार लगाइरहेको पाउँछु । अनि त्यसै पछाडि हट्छ मन । भित्र-भित्रै जल्न पुग्छु । आफैले निभाउन पनि जान्दिन । त्यो बिहान, फेरि मेरो मनमा विभिन्न तर्कनाहरू दौडँदै थिए । जुन कुराहरू मैले उनलाई सुनाउन सक्दिन । त्यसैले लेख्ने कोसिस गर्दै छु । यदि केहि गलत शब्द/भाव निस्किएमा, म क्षमा चाहन्छु । अलिकती मात्र पनि, मैले नराम्रो मतलब राखेको छैन । यस्तो विचार आएको थियो– यदि म भएको भए ल्याउने थिइन होला । हामी दुइको बिचमा पर्ने गरि कुनै पनि कुरा ल्याउने थिइन । मेरो मामलामा त झन्, श्रीमती पनि नाइँ । हुन त, त्यो केबल एक पाल्तु जनावर मात्र हो । तर थाहा छैन किन– त्यस कुराले मलाई जोडले हिर्कायो । भित

डेढ गन्ने भयौ

न मेरी हुन चाह्यौ, न त पराइ बन्ने भयौ । पिरतीको बाटो यो, माझैबाट खन्ने भयौ ॥ एक पनि सिङ्गो, दुई पनि सग्लो हुन्थ्यो । मेरो मान फरक रै’छ, डेढमा पो गन्ने भयौ ॥ (२०७७ असोज ४...) हजार पन्ना जति पढेँ, अनि बुझ्ने चेष्टा गरेँ । पढि सक्न निकै गाह्रो, तिमी लाख पन्ने भयौ ॥ पवित्र, शुद्ध, चोखो, निर्मल; टीका बेग्ला-बेग्लै । निष्कलङ्क तिम्रो शील, ठिटी मेरी कन्ने भयौ ॥ (...२०८० वैशाख ६)

अल्पकालीन आनन्द

दिउसोको कुराकानीमा उनले– “यसरी बोली राखेकी छु त म, हाँसी-हाँसी”– भनेको बेला, म हौसिएको थिएँ । हाँसी-हाँसी नै त्यसो भनेकी थिइन् उनले । तर त्यति भन्दा-भन्दै पनि उनले अन्तर-कुन्तरका मनका कुराहरू भने भन्न नखोजेको पाउँदा चाहिँ बिस्मित् थिएँ । उनि मख्ख/आनन्दित थिइन् । एट् लिस्ट् त्यसै भनेकी थिइन् । उनको हर्ष मैले पनि अनुभूत गरेको थिएँ । इट् वाज् ब्युटिफुल्ली कन्टेजियस् । मैले उनको त्यो आनन्द पनि खोसेको जस्तो लाग्यो । ठुलै पाप गरेको थिएँ । हिजो-अस्तिको दिनमा पनि– खुसीका बिच पनि डराइरहेको थिएँ म । कति बेला पोखिइ जाने हो– भन्ने भइरहेको थियो । नभन्दै त्यस्तै भयो । धेरै खुसि टिक्न सकेन । खै किन टिक्न मान्दैन ? रिपिटेड्ली यस्तै भइरहन्छ । केहि पनि ज्यादा, फाप्दैन हामीलाई । अगाडि टेक्स्ट्मा निकै मिठो गरि, मलाई पढ्न अर्‍हाएकी उनले, पछि फोनमा नमिठो गरि, “पढ्न मन लागे पढ्नुस्, मन नलागे नपढ्नुस्”– भनेपछि मेरो सातो गयो । छाती भित्र कसैले बरफ राखिदिए जस्तो भयो । घाँटी ख्याप्पै सुक्यो । त्यसपछि म बोल्न सकिन । मेरो मन दलदल जमिन भासिए जस्तै गरि खस्यो । बुनेका सपनाहरू टुटे जस्ता भए । उत्साह सबै मरे जस्तो भयो

मायाँलाई प्रश्न

यत्ति लामो बाटो धायौ किन ? मेरै हुने कसम खायौ किन ? घाँटीसम्म आएको कुरा, मुखमा कहिल्यै नल्याउने भए; शब्द रसको प्यासमै राखि, मसँग माया लायौ किन ? आफूले भने सोध्दै गयौ, मैले सोध्दा झनक्क भयौ; खुल्दै नखुल्ने तिम्रो बानी, तैपनि, यो छातीमा छायौ किन ? मेरो हुटहुटीको जवाफै नदिई, हाँसेर नै टार्ने भए; मधुर, सुमधुर, मनै छुने, प्रेमगीत मसँग गायौ किन ? तिम्रो मन पाउन मैले हजार कोसिस गरेँ, तर सधै असफल; आफ्नो सधै लुकाई राख्यौ, एक झकमै मेरो दिल पायौ किन ? यो त साह्रै अन्याय भो, मलाई सधै द्विविधा भो; आफ्नो जज़्बात सधै चेकमा, मेरो लाई ह्यायौ किन ? (२०७९ चैत्र ३०)

एक्लो

“घुम्न जान भए पनि बिहे गर्नु पर्ने भयो !” उनले आफुलाई ‘एक्लो’ बताइन् । यो कस्तो विस्मयन ? “म हुँदा-हुँदै पनि, त्यस्तो फील भएको छ तिमीलाई ?” मैले डराइ-डराइ सोधेँ, “मेरो अस्तित्व... कहाँ गयो ?”– किनकि विद्यमानताको अर्को एउटा प्रश्नले फेरि नयाँ दुर्घटना निम्त्याउने हो की भन्ने त्रास कायमै थियो । उनले सिधा जवाफ दिईनन् । भनिन्, “हिजोको स्टोरीमा कहाँ थियो तपाईंको अस्तित्व ?” मेरो छाती चिसो भैसकेको थियो । तैपनि हिम्मत जुटाएर अनुरोध गरेँ, “कुन स्टोरीको कुन प्रसङ्गको कुरा गरेकी, भनिदेउ न । मैले बिर्सिएँ ।” कुन प्रसङ्गको जिक्र/उल्लेख गरेकी हुन्, मैले बुझिन । उनले पनि बताइनन् । मेरो मन ओइलायो, चैतमा गोडेर फालेको झार जस्तै । म हुनुको त एक त्यान्द्रो पनि माने नभए झैँ, उनले जोड्दार भनिन्, “एक्लो मान्छे । एक्लै त हुन्छ नि ।” मैले अरु केहि भन्न सकिन । मेरो अनुहारमा अप्ठ्यारा रेखाहरू सुलुसुलु दौडिन थालिसके । लामो सास सँगै मेरो मुखबाट “ए... !” निस्कियो । उनलाई त्यो चित्त बुझेन । झर्किएर भनिन्, “कस्तो ‘ए..’ हो त नि !?” त्यसपछि मैले केहि भनिन । बोल्न पनि आएन । धेरै कुराहरू गरौँला सोँचेर फोन गरेको– सबै बात

Love & Venom

The sun was setting over the rooftops of Bhaktapur, casting a red glow over the city streets. The city was bustling with activity as people hurried to finish their shopping before heading home for the evening. Amidst the crowds, a young girl with long black hair was busy arranging packets of biscuits in her family's small provisional shop.   She was the youngest child in the family that included her parents, brother, sister, and grandmother. Barsha was her name. She was in her late teens and enrolled in '+2 Science' at a nearby college. Her family owned a store on Pradhan Path, the main street in the neighbourhood. Except for her brother, who was preoccupied with his business, Barsha's entire family assisted in the shop, and except her grandmother, who was old and not so well.   As Barsha busied herself with her work, she noticed a young man walking towards her from the direction of the meat shop next door. He was tall and lanky, with a mop of curly hair that flopped ov

खुलासा - खुला आशा

‘दिस् म्यासेज् वाज् डिलिटेड् (१६:०३)’ देखेपछि मेरो मन रन्थनियो । त्यो मेरो लागि– म्यासेज् होइन, म हुनुको अर्थ डिलिट् भए झैँ थियो । ज्यान पुरै तातो भएको महसुस गरेको थिएँ । आखिर तिम्रो लागि, मेरो के नै अर्थ छ र– जस्तो लाग्यो । मुटु मै किला ठोकिदिए जस्तो भएको थियो । मेरो मुहारै पुरै अमिलिएको आभाष गरेँ । देख्नेले पनि सायद थाहा पाए होला– पुलकित मुहार एक्कासि ओइलाएको । अनुहार अमिलो बनाउँदै सरेको धार आँखामा पुगेर जम्यो । पहिले आँखा अप्ठ्यारा भए । अनि अलिकती अमिलो रस पाएपछि थोरै सजिला । सोँचे– यदि मनको कुरा त्यसरी लुकाउनु पर्छ भने... सुरुमा भन्नु किन ? अन्त्यमा म हुने भनेको त एक्लो न हो– झैँ लाग्यो । तिम्रा यी र यस्तै कुराहरूले गर्दा पनि, तिम्रो मनको नजिक पुग्न असम्भव जस्तै लाग्छ । तिमीसँग कुराहरू गर्दै जाँदा कहिलेकाहिँ तिम्रो मनको नजिकै पुगेको जस्तो लाग्दा, मेरो मन मख्ख पर्छ । त्यति हुँदा-हुँदै पनि एउटा डर भने मडारिइ रहेको हुन्छ– कहिँकतै एउटा कस बाँकी रहे जस्तो । आफुले चाहेको झैँ नजिक पुग्न खोजे पनि तिमीले केहि कुराले छेकेको जस्तो लाग्छ– ‘यो लाइन् क्रस् गर्न मनाही छ’ भनेको जस्तो । तिम्रो आभाल