Posts

Showing posts from August, 2021

नारीको देश

बिचमा फराकिलो, कालोपत्रे बाटो । बाटोको दुइ छेउमा अग्ला र चौडा फूट्पाथहरू । र दुवै छेउमा ठुला ठुला झुम्म परेका रुखहरू पनि । ति रुखका हाँगाहरूले बाटोलाई माथीबाट पछ्छ्यौरीले जस्तै छोपेका थिए, छपक्कै । पश्चिम आकाशमा पुगिसकेका घामका केहि किरणहरूले मात्र, बाटो र फूट्पाथलाई स्पर्श गर्न पाउँथे । त्यो समथर भूभागको वातावरण निकै सुन्दर, सफा, शान्त र आनन्ददायक थियो । रात परि हाल्नलाई अझै निकै समय बाँकी थियो । त्यो स्वच्छ र मनोरम ठाउँमा म इविनिङ्ग walk गर्दै पुगेको थिएँ । Jog गर्दा गर्दै कसो-कसो त्यहाँ पुगेछु । मेरो गति, हिँड्दाको भन्दा तेज थियो भने दौडीएको बेलाको भन्दा धिमा । केहि अगाडि एउटी सानी नानी बाटोमा साइकल चलाउँदै थिइन् । म उनको समानान्तर पुगेँ र उनीसँग केहि भलाकुसारी गर्न खोजेँ । उमेरले त्यस्तै नौ-दश वर्षकी हुनुपर्छ । उनी आफ्नै धुनमा थिइन् । ति बाल खुट्टाहरूले साइकलको पेडल दबाउँदै । अलि अगाडि आफ्नो साथी पनि भएको कुरा गरेकी थिइन् । ति पातली बालिकाले निलो जिन्स र कालो टिसर्ट लगाएकी थिइन् । कपाल खुला छोडेकी थिइन् । उनको साइकलको गति र मेरो jogको गति उस्तै उस्तै भएकोले होला म उनको समानान्तर नै