Posts

Showing posts from March, 2023

खुलासा - खुला आशा

‘दिस् म्यासेज् वाज् डिलिटेड् (१६:०३)’ देखेपछि मेरो मन रन्थनियो । त्यो मेरो लागि– म्यासेज् होइन, म हुनुको अर्थ डिलिट् भए झैँ थियो । ज्यान पुरै तातो भएको महसुस गरेको थिएँ । आखिर तिम्रो लागि, मेरो के नै अर्थ छ र– जस्तो लाग्यो । मुटु मै किला ठोकिदिए जस्तो भएको थियो । मेरो मुहारै पुरै अमिलिएको आभाष गरेँ । देख्नेले पनि सायद थाहा पाए होला– पुलकित मुहार एक्कासि ओइलाएको । अनुहार अमिलो बनाउँदै सरेको धार आँखामा पुगेर जम्यो । पहिले आँखा अप्ठ्यारा भए । अनि अलिकती अमिलो रस पाएपछि थोरै सजिला । सोँचे– यदि मनको कुरा त्यसरी लुकाउनु पर्छ भने... सुरुमा भन्नु किन ? अन्त्यमा म हुने भनेको त एक्लो न हो– झैँ लाग्यो । तिम्रा यी र यस्तै कुराहरूले गर्दा पनि, तिम्रो मनको नजिक पुग्न असम्भव जस्तै लाग्छ । तिमीसँग कुराहरू गर्दै जाँदा कहिलेकाहिँ तिम्रो मनको नजिकै पुगेको जस्तो लाग्दा, मेरो मन मख्ख पर्छ । त्यति हुँदा-हुँदै पनि एउटा डर भने मडारिइ रहेको हुन्छ– कहिँकतै एउटा कस बाँकी रहे जस्तो । आफुले चाहेको झैँ नजिक पुग्न खोजे पनि तिमीले केहि कुराले छेकेको जस्तो लाग्छ– ‘यो लाइन् क्रस् गर्न मनाही छ’ भनेको जस्तो । तिम्रो आभाल