Posts

Showing posts from June, 2020

फेरि उनी

जुनेली रात छ । आकाश गहिरो र खुला देखिन्छ । फाट्टफुट्ट मात्र बादलका टुक्राहरू यताउता भौतारिरहेका देखिन्छन् । केहि टाढा, नजिक भन्दा अलि पर, भुकिरहेका कुकुरहरूले यो रातको शुन्यतालाई खलल पुर्याइरहेको भान हुन्छ । बतासमा चिसोपन मिसिएको छ । चिसो बतासको झोक्काले घरि-घरि यो मेरो पातलो shirt पार गरेर जिउ नै चिसो बनाइदिन्छ । शरीर अलि थकित छ । उनको यादका लहरहरू आउँदै जाँदै गर्दै छन् । उनको सम्झनाले मात्र पनि दिनभरिको थकान मेटीदै गएको पाउँछु । उनको मधुर आवाज सुन्नको लागि प्रतिक्षामा छु । थाहा छैन, के भनुँला कुराकानीमा तर पनि व्यग्र छ यो मन उनको सुन्दर आवाजमा हराउन, उनका मिठा कुरा सुन्न । थाहा पाउनु छ, उनको खबर, उनको दिनचर्या । उनको मन, मस्तिष्क, भावना सम्मका कुरा जान्ने इच्छा हुन्छ, मलाई । उनको जीवन, आफ्नै जीवन भन्दा नजिक बनाउनु छ । उनी, आफै भन्दा प्रिय भएकी छन् । समय सधै उस्तै नरहने । सधै एकैनास नहुने । मलाई सधै उनीसँग नजिकिने सौभाग्य मिल्दैन । कुराकानी सधै flow मा जाँदैन । उनी अलि बेग्लै tone मा हुन्छिन्, आवाजमा त्यस्तै झलक परेको छ । सायद केहि भएको हुनुपर्छ, म अनुमान लगाउँछु । उनी मनको कुरा सुन