Posts

Showing posts from 2020

मनको घाम

आज मौसम घमाइलो छ । पौष महिनाको जाडोमा सेक्ने घाम लागेको छ । घामको रापले ज्यान रनक्क तातेको छ । सम्झना भने उनको छ । मनमा उनकै राज छ । प्रेमालापको प्रतिक्षामा छु । केहि दिन देखी कुराकानीमा ब्रेक लागेकोले पनि कति बेला आवाज सुन्न पाउँला जस्तो लागेको छ । उनीसँग मन बिसाउन हतार भइ रहेछ । धित मरुञ्जेल प्रेमालापमा डुब्न आतिएको छ मन । अतृप्त बचेरा जस्तै छटपटाइ रहेछु । आज त्यो दिन आएको छ । मेरी मायासँग रुवरु हुने समय भएको छ । म उनलाई फोन गर्छु । म उद्वेलित हुँदै कुराहरू गर्न खोज्छु । तर आज मनकी रानी गद्दीमा छैनीन् । उनका सबै जवाफहरू जाडोयामको चिसो भुइँ जस्तो आउँछन् । म विस्मित भैरहेछु । अचम्म लाग्दै छ । उनको लय फेरिएको छ । भाव रुग्ण भएको छ । म बुझ्न केहि सकेको छैन । केहि मेसो पाउन सकेको छैन । कुहिरोको काग जस्तै भएको छु । नेटवर्कको खराबीले पनि आवाज राम्रोसँग सुनिएको छैन । मैले दोहोर्‍याएर सोध्नु परेको छ । म भन्छु “के भन्यौ रे ? फेरि भनन” । उनी झर्किएर भन्छिन् “केहि होइन” । म चाहिँ कोसिस गरिरहन्छु । कुराकानीमा खुलापन आइहाल्छ कि भनि लागिरहन्छु । तर आज बेग्लै भाका थियो उनको । म सोध्छु “आज घरमा कोहि आ

ब्याक रूम

| ब्याक् रूम् | हामी रेस्टुरेन्ट पुग्छौँ । खाना अर्डर गर्छौँ । अनि खाना आउन्जेल गफिँदै बस्छौँ । हामी एउटा टेबलमा आमने सामने भई बसेका हुन्छौँ । हामी बाहेक त्यहाँ अरू कोहि कस्टमर थिएनन् । साजसज्जा पूर्ण त्यो ठुलो डाइनिङ् हलमा, सिर्फ उनी र म थियौँ । बिरलै हुने यस्तो प्राइभेसिको बेग्लै मजा आइरहेको थियो । उनी भन्छिन् "कस्तो राम्रो रै'छ नि, मलाई त कस्तो मन पर्‍यो" ! म भन्छु "अब रानीलाई जस्तो पायो त्यस्तो ठाउँमा ल्याउने कुरै भएन नि" ? उनी कटाक्ष गर्दै भन्दै थिइन् "उम्, है" ? म थप्छु "रानी-सा हौ नि त, थोरै हदसम्म भएपनि ठाउँ त रोयल हुनु पर्‍यो नि" । उनी हाँस्छिन् । म उनलाई एकोहोरो हेरिरहेको हुन्छु । उनी मुस्काउँदै भन्छिन् “के हेरेको के त्यसरी” ? म भन्छु “तिमीलाई हेरेको नि ! के साह्रो राम्री हो के तिमी” ? उनी अनुहार बनाउँदै भन्छिन् “होला होला” ! उनी मलाई हेर्दै भन्छिन् “के हो तपाईंको अनुहार त ग्लो भइरहेको छ त” ? म भन्छु “हुन सक्छ, मेरो माइन्ड एकदम क्लियर जस्तो भएको छ, आइ फील गूड” ! उनी भन्छिन् “उम् त्यस्तो हुन्छ नी” । उनले हाम्रो रसिक लिला तर्फ सङ्केत

फ्रन्ट रूम

| फ्रन्ट् रूम् | हिउँद मासका सुरुवाती दिनहरू । दिउसो गर्मीले पसीना बग्ने भए पनि, बिहान साँझ भने राम्रै चिसो हुन थालेको छ । अझ बिहानी पखको चिसो हावाले जाडो मासलाई झन् सघाउ पुर्‍याएको हुन्छ । चाडपर्वहरू सकिई सकेको बेला छ । शहर आफ्नै धुनमा मस्त छ । पर्वहरूको रमाइलो मनमा राख्दै मानिसहरू आ-आफ्नो गन्तव्य तर्फ जाने आउने क्रम अझै पनि चल्दै छ । काममा फर्किनेहरूको घुइँचो छ । बुढाबुढी, केटाकेटी, युवायुवती, किशोरकिशोरी सबै आ-आफ्नो मेसोमा । आफ्नो जिन्दगीको ठेला धकेल्दै । जिन्दगीको दौडमा दौडिदैँ । यहि शहरको एउटा पात्र, म । प्रकृतिले दिएको भुमिका सक्दो पुरा गर्दै गर्दै, जिन्दगीको भागमभागमा सहभागी छु । मेरो पात्रलाई मैले कति न्याय गर्न सकेँ वा सकिन ? के कति पुण्य वा पाप ? त्यो त म जान्दिन । तर जे जति गर्दै छु, राम्रै गरेको छु, भन्ने लाग्छ । किनकी जे गर्छु, मनले गर्छु ॥ उनीसँग बिताएका अनुपम पलहरू सबै लेख्ने मन हुन्छ । ति स्वर्णिम पलहरूलाई पानामा उतार्ने मन हुन्छ । यो कार्य आजै सक्ने मन हुन्छ । भोलि फेरि बिर्सिएर कुनै कुरा छुट्ने पो हो कि ? सबै कुराहरू समेटी, केहि पनि नछोडी, सम्झनाको एउटा दस्ताबेज नै बन

Stubborn Lover

Sorry for being stubborn It might hurt you sometimes But I couldn’t help myself I love you to the core And I want to keep it going I don’t want my thoughts to be mixed I want only you to be in my heart and mind Sometimes I fear I might not love you for someone else I don’t want to do that Don’t put me in the option game I want to hearken anything you say But somethings I couldn’t Why do I have to think about anything else The work, the family or the significant other While I can be at pleasure thinking about you Nothing replacing you from my heart is acceptable There is no room for anything else Or anyone for that matter I want only you in my heart I want the thoughts of only you The reminiscence of you The affection of yours Just you, only you All I have is you You are the best thing ever in me You are the best thing ever with me Sorry for being so stubborn Don’t think that it’s your fault It’s my stubborn heart, my persistence Even if you have not expressed yourself I had already mad

सम्झेर हुँदा

सम्झेरै हुन्थ्यो भने आज सगरमा तिमी र म हुन्थ्यौँ र भोलि फेँदीमा पनि हामी नै हुन्थ्यौँ हुने थिएन कोहि अर्को, बस् तिमी र म हुन्थ्यौँ जहाँ हुन्थ्यौँ, जस्तो हुन्थ्यौँ एक अर्कामा लिन् हुन्थ्यौँ, बिलिन् हुन्थ्यौँ छुट्टै अर्को संसारमा हुन्थ्यौँ खुसि र हाँसोको बिचमा हुन्थ्यौँ माया र उन्मादको सिँचमा हुन्थ्यौँ हुन्थ्यौँ त्यहाँ, जहाँ मन हुन्थ्यो जीवन हुन्थ्यो, आफ्नोपन हुन्थ्यो, झन् हुन्थ्यो असिम आनन्दको पल हुन्थ्यो, फल हुन्थ्यो, जल हुन्थ्यो हरपल हुन्थ्यो, मलमल हुन्थ्यो, झल् झल् हुन्थ्यो ॥ तर ... भएनौँ, भएन, हुँदैन; छैन भागमा तिमी थियौ, छौ र हुनेछौ सधै सम्झनामा धन्य छ यो सम्झना तिमीलाई मसँग सँगै राख्छ तिमी साथै छौ भन्ने आभाष गराउँछ फेरि बाँधिन पाउने आशा दिलाउँछ यहि सम्झना तिम्रो जसले खस्नबाट जोगायो, डुब्नबाट बचायो सम्हाल्यो मलाई कष्टहरूमा, भत्किन दिएन घाउहरू पुरिदियो, सञ्चो तुल्यायो, जीवितै राख्यो र यो सम्झना फेरि पनि भन्दै छ तिम्रो खबर आउने छ, तिमी आउने छ्यौ बस् पर्खाइ अलिकती लामो हुनसक्छ तिमीसँग फेरि भेट अवश्य हुनेछ ॥ २०७७ मङ्सिर १५, सवा १ बजे

उनी नै उनी

झरिको मौसम, घरि ठूलो बर्षा घरि सिमसिम पर्ने पानी, शहरको व्यस्तता आफ्नै गतिको । म भने आज फूर्सदमा छु । अपरान्ह तिर हामी एउटा रेस्टुराँमा हुन्छौँ । मेरा मिल्ने साथीहरू र सँगै काम गर्ने साथीहरूको एउटा सानो जमघटको मौका परेको थियो । मसँग उनी पनि थिइन्, मेरी उनी, प्यारी उनी । अलौकिक रुपकी उनी, विशाल मनकी खानी । प्रकृतिले सोँची सम्झी कुनै कसर बाँकी नराखी, मेरै लागी भनेर बनाएकी उनी । सुमधुर आवाज र सुन्दर जिउडालले सुसज्जित उनी । अझ चालढालको त के कुरा, बान्की परेकी उनी । मेरा ग्रहगोचरहरू निकै नै उत्तम हुनुपर्छ त्यतिबेला, जब मैले उनलाई पहिलोपल्ट भेटेँ । मेरो यो जड जिन्दगीमा, उनको साथ, उनको माया, उनको सामीप्यता पाउनु, मलाई मेरो अहोभाग्य लाग्दछ । हाम्रो जमघट सानै भए पनि निकै आत्मीय र रमाइलो थियो । खाने र पिउने कार्यक्रम चलिरहेको हुन्छ । म मेरो मन पर्ने खाजा मो:मो मा होमिएको हुन्छु । उनी र म एउटै प्लेट्बाट नै लिईरहेका हुन्छौँ । बेलाबेला उनी मलाई हेर्छिन् । उनको त्यो नजर मेरो मुटु सम्मै पुग्छ । म पनि हेरी रहन्छु उनीलाई । उनी मुस्काउँछिन् । यो पल मलाई संसारकै प्रिय पलहरू मध्येको लाग्छ । उनको सानिध्यता

तिमी चाहियो

मलाई, तिमी चाहियो, भर्खरै चाहियो पलपलमा चाहियो, हरपलमा चाहियो मलाई माया गर्ने, तिम्रो त्यो मन चाहियो अनि त्यो सुडौल बदन चाहियो तिमी सँगै म, मनलाग्दी खेल्न पाउँ तिमीलाई पनि त्यस्तै लागोस् टोक्न पाउँ, चुस्न पाउँ, चिमोट्न पाउँ त्यो ज्यानमा, यो ज्यान रगड्न पाउँ घर्षणको ज्वाला बलोस् अनि म निभाउँ नग्नता निहार्न पाउँ, चुम्बकझैँ टाँसिन पाउँ ताल, हिमाल र नदीको रागमा रम्न पाउँ श्वेत बदन तिम्रो, चुम्दा चुम्दै लाल होस् स्याउ जस्ता गाला अनि गुलाबी ओठ चाहियो त्यो हाँसोको प्याला र सुमधुर आवाज चाहियो तिम्रो मिठो स्पर्शको लहर चाहियो मलाई, तिमी चाहियो, बिछट्टै चाहियो आधाआधि मात्र होइन, पुरै चाहियो १७ असोज ७७, शनिबार सबेरै सुन्निएको गाला सुम्सुम्याउँदै

रोदन

यति विधि म कहिले रोएको थिइन । वा मलाई सम्झना छैन । उनले फोन राखिसके पछि मन भक्कानिएर आयो, थाम्न खोजेँ सकिन । मन उद्देलित भएर भित्रैबाट हुत्तिएर आयो, अनि फुट्यो मूल सरी । बाथरूम पसेर शावर खोलेर रोएँ । आवाज छेक्न लाइ, धारा खोलेर बाल्टिन थापी दिएँ । भित्ताको साहारा लिएर रोएँ । पीडा लुकाउन रोएँ, बेदना पखाल्न रोएँ । खै किन रोएँ ? confusion मा रोएँ, मायामा रोएँ, सम्झनामा रोएँ, आफ्नै पागलपनमा रोएँ, acceptance मा रोएँ, denial मा रोएँ, रुन्चे म खुब रोएँ । सुटुक्क रोएँ, आफैले आफैलाई सम्हाल्न नसक्दा रोएँ, उनलाई दुख दिएकोले रोएँ, सताएकोले रोएँ, रोयल persona उनी, उनलाई रुवाएकोले रोएँ, उनीसँग सहज हुन नसकेर रोएँ, मिठा बात गर्न नजानेर रोएँ । आफ्नै स्वार्थीपनले रोएँ, आशामा रोएँ, निराशामा रोएँ, छटपटीमा रोएँ । वाक कुशलताको अभावमा रोएँ । स्पष्ट भएर रोएँ, अस्पष्ट देखेर रोएँ । खराब भएर रोएँ, खतम भएर रोएँ । खुब रोएँ, काम नपाएर रोएँ । यी शब्दहरू लेख्दै गर्दा पनि आँसु रोकिन मान्दैनन् । पृष्ठमै आँसु खस्छ, तप्प ! कागज फुल्लिन्छ । हातले पुछी दिन्छु । कागज नै च्यातिन्छ । मन झनै भक्कानिन्छ, बलिन्द्र धारा लाग्छन, यी

Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् । Paheli - a Novel by Prof. Bishnu S. Rai बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ । प्रा. डा. गोविन्द राज भट्टराई (नेपाली साहित्यमा एउटा प्रयोग) यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर

घाउ

कस्तो निरश यो मेरो जिन्दगी म कति एक्लो यो संसारमा एक्लै बाँच्न नसिकी नहुने भो ! यो करङ्ग भित्र निमोठ्ने घाउलाई कसरी निको बनाउने होला ? छाती भित्र एउटा सानो कालो बिन्दु बिस्तारै बढ्दै जान्छ धुवाँसरि सुरुमा हल्का पोल्दै पोल्दै आउँछ र झिल्को बन्छ, झिलिक्क बल्छ सबै सल्किन्छ घाँटी देखि पेट सम्म नै धारिलो हतियारले छाती भित्र चिरेको जस्तो असैह्य दुख्छ, पोल्छ, गला सुकेर आउँछ आँखा रसाउँछन् एक्लोपनको कहरले भित्र भित्रै खान्छ र बिस्तारै सिध्याउँछ धमिराले काठ खाए जस्तै कस्तो निचोरेको यो बिरक्तिले सासनै रोकिएला जस्तो यी पीडा माझ बाँच्दै गर्दा लाग्छ सम्बेदनाहिन, भावनाहिन मुर्ति भै जाउँ तर कसरी पो ?

एकपटक फेरि उनी

बिहानै मेरो फोनको घन्टी बज्छ । म तन्द्रा मै थिएँ । पुरै  ब्युझिसकेको थिईन । फोन , उनले गरेकी रै ' छि न् । मलाई थाहा थियो , उनको फोन पक्कै आउनेछ भन्ने हिजो देखिनै लागेको थियो । अर्ध निद्रामै फोन उठाउँछु । उताबाट उनको मिठो आवाज आउँछ । उनको आवाज अति नै मिठो लाग्छ मलाई । त्यहि सुमधुर आवाज सुनेरै पुरा जीवन व्यतित गर्न सक्छु म । कुराकानी , छोटो मात्र हुन्छ । मैले कुरा हरू मा अल्झ्याउन खोज्दा-खोज्दै उनी "ल , ल सुत्नु"   भनेर फोन राखिदिन्छिन् । तर अब भने मेरो निद्रा पुरै खुलिसकेको हुन्छ । म उनकै मिठो आवाजको झल्को सँगै उठ्छु र नित्यकर्म तर्फ लाग्छु । खाना पछि एकैछिन् , हाम्रो कुरा chat मा हुन्छ । मैले , उनको घुर्की नबुझ्ने गरेको कुरा भएको थियो । आजसम्म "हुँदैन"लाई "हुँदैन" नै भनेर बुझ्ने गरेको मान्छे म , उनले त्यसो भन्दा अचम्ममा परेको थिएँ । एकदुई पटकको "हुँदैन"लाई त म reverse psychology को रुपमा लिन्छु , सामान्य रुपमै । तर धेरै पटक नै deny भएपछि भने मलाई साँच्चिकै जस्तो लाग्छ । "जति बेला पनि त होइन तर कुनैकुनै बेला बुझ्नुहुन्न नि त तपाईं

फेरि पनि उनी

हिजोआज हाम्रो cold-war दिनहुँ जसो प रि रहेको हुन्छ । सायद मेरो पतन मानसिकताको शिकार भएको छ , हाम्रो प्रेम । निकै नै positive , successful र standard व्यक्तित्व कि उनी , म अत्यन्त vile,  negative र dark भएकैले , सायद उनलाई धेरै नै सताउँछु क्यारे ! अरु त के कुरा र ? म त उनीसँग बोल्न मात्र पनि लायकको छैन   । म जस्तो सँग पनि मिठो बोलेर साथ दिने उनी महान छिन् । हरेक कुराले classic छ उनको persona । भन्न मन लाग्छ, "मलाई माफ गरिदेउ , म सञ्चो हुन सकिन" । म यस्तै रहेछु, always precarious ! inquisitive and nosy ! पहाडको टुप्पोमा पुगेपछि एउटा आरोही पनि ओह्रालो लाग्छ । सायद यस्तै भएको हुनुपर्छ, हाम्रो प्रेममा पनि   । बिचका तीन-चार दिन जति प्रेमले चुचुरो नाघेको थियो । कम्तिमा मैले त्यस्तै महसुस गरेको थिएँ । स्वर्णिम थिए ति पलहरू । त्यस्तै पलहरू नै हुन्, जिन्दगीमा मलाई उर्जा प्रदान गर्ने ।  हाम्रो प्रेम त्यो उत्कर्षमा पनि पुग्न सक्छ भन्ने कहिले लागेन । म आफै पनि deserving छु जस्तो कहिले लागेन  ।  यो उनकै मिठो देन थियो । मेरो लागी अनुपम उपहार थियो  । मेरो  मायाले वा उसै, भन्न सक