Posts

Showing posts from May, 2021

सपनी

बिहान, साथीको फोनले ब्युझायो । ब्युझदाँ पसिना-पसिना भएको रहेछु । बिहानीपख चिसो हुने भएकोले, राति मैले पङ्खा बन्द गरेर सुतेको थिएँ । बाहिर घाम लागिसकेको देखेको थिएँ । तर फोन राखेपछि पनि फेरि निदाएछु । उठ्दा निकै ढिला भैसकेको थियो । आज उनी मेरो सपनीमा आएकी थिइन् । र सायद यो उनीसँगको मेरो पहिलो सपनी-भेट थियो । उनी हाम्रो घरैमा आएकी थिइन् । ढोका खोल्न म पुगेको थिएँ । ढोका बाहिर उनलाई देेेेखेेर अचम्ममा परेको थिएँ । उनी मलाई निकै प्रेमिल नजरले हेर्दै थिइन् । मेरो ओठमा मुस्कान छाएको थियो । उनी यहाँ एक दिन बस्ने गरी आएकी थिइन् । सबैजना घरमै हुनुुुहुन्थ्यो । उनी साँझपख आइपुगेकी थिइन् । यो उनको सरप्राइज भिजिट जस्तो थियो । सबैजनाले निकै खुसि हुँदै उनलाई स्वागत गर्नु भएको थियो । मेरो त झन् खुसिले, होस् ठेेेगानमा थिएन । त्यसै त्यसै मख्ख परेेेेको थिएँ । खाना खाई सकेपछि एकैछिन डिनर टेबुलमा गफगाफ चलेको थियो । सबैजना उनीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । उनी पनि मुस्काउँदै कुरा गर्दै थिइन् । म भने सबैका आँखा छलेर बेला-बेला उनलाई हेर्दै थिएँ । उनको मुहार हेर्दै थिएँ । उनको अलौकिक रुपमा डुबेको थिएँ । उनको