Posts

Showing posts from February, 2022

देशलाई चिन्छौ ?

हाम्रो देशलाई चिन्छौ ? हो, तिम्रो र मेरो देश हामी सबैको प्यारो नेपाल यहीँ जन्मिएर पनि यहीँ हुर्किएर पनि कतै चिन्न सकेनौ की ? यि सेता हिमालको काख अनि हरियाली डाँडाको साथ तिमीले बिर्सियौ कि ? ति अग्ला पहाड र ति बिच बग्ने नदिहरू त्यसको निश्चलता देखेनौ की ? चार कोसे झाडी अनि त्यो सिमसार तिमीले नाप्न भ्याएनौ की ? बिहानी घाम चरिको चिरविर यहाँको मौसम तिमीले ताप्न, सुन्न, आभाष गर्न सक्यौ की सकेनौ ? हाम्रा मौषमी उत्पादनहरू चाख्यौ की चाखेनौ ? ति जडिबुटीहरू तिमीले रोज्यौ की रोजेनौ ? हेर एकपटक नियालेर हेर गमेर हेर भुइँमा उत्रिएर हेर मेरो देशलाई हेर हामीलाई हेर हाम्रो संस्कार र संस्कृतिलाई हेर जात-जाति र भाषा-भाषीलाई हेर खण्ड-खण्डमा अखण्ड पाउने छौ एकै आँगनमा सबै देख्ने छौ । हिमाल, पहाड, तराई सबै हेर पूर्व देखि पश्चिम सम्मै हेर यो सुन्दरता तिमीले अन्त नखोज तिमी कङ्गारु नबन मनको आँखा खोलेर हेर एकपटक फेरि हेर अनि पो चिन्थ्यौ की !?