Posts

Showing posts from September, 2020

रोदन

यति विधि म कहिले रोएको थिइन । वा मलाई सम्झना छैन । उनले फोन राखिसके पछि मन भक्कानिएर आयो, थाम्न खोजेँ सकिन । मन उद्देलित भएर भित्रैबाट हुत्तिएर आयो, अनि फुट्यो मूल सरी । बाथरूम पसेर शावर खोलेर रोएँ । आवाज छेक्न लाइ, धारा खोलेर बाल्टिन थापी दिएँ । भित्ताको साहारा लिएर रोएँ । पीडा लुकाउन रोएँ, बेदना पखाल्न रोएँ । खै किन रोएँ ? confusion मा रोएँ, मायामा रोएँ, सम्झनामा रोएँ, आफ्नै पागलपनमा रोएँ, acceptance मा रोएँ, denial मा रोएँ, रुन्चे म खुब रोएँ । सुटुक्क रोएँ, आफैले आफैलाई सम्हाल्न नसक्दा रोएँ, उनलाई दुख दिएकोले रोएँ, सताएकोले रोएँ, रोयल persona उनी, उनलाई रुवाएकोले रोएँ, उनीसँग सहज हुन नसकेर रोएँ, मिठा बात गर्न नजानेर रोएँ । आफ्नै स्वार्थीपनले रोएँ, आशामा रोएँ, निराशामा रोएँ, छटपटीमा रोएँ । वाक कुशलताको अभावमा रोएँ । स्पष्ट भएर रोएँ, अस्पष्ट देखेर रोएँ । खराब भएर रोएँ, खतम भएर रोएँ । खुब रोएँ, काम नपाएर रोएँ । यी शब्दहरू लेख्दै गर्दा पनि आँसु रोकिन मान्दैनन् । पृष्ठमै आँसु खस्छ, तप्प ! कागज फुल्लिन्छ । हातले पुछी दिन्छु । कागज नै च्यातिन्छ । मन झनै भक्कानिन्छ, बलिन्द्र धारा लाग्छन, यी

Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् । Paheli - a Novel by Prof. Bishnu S. Rai बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ । प्रा. डा. गोविन्द राज भट्टराई (नेपाली साहित्यमा एउटा प्रयोग) यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर

घाउ

कस्तो निरश यो मेरो जिन्दगी म कति एक्लो यो संसारमा एक्लै बाँच्न नसिकी नहुने भो ! यो करङ्ग भित्र निमोठ्ने घाउलाई कसरी निको बनाउने होला ? छाती भित्र एउटा सानो कालो बिन्दु बिस्तारै बढ्दै जान्छ धुवाँसरि सुरुमा हल्का पोल्दै पोल्दै आउँछ र झिल्को बन्छ, झिलिक्क बल्छ सबै सल्किन्छ घाँटी देखि पेट सम्म नै धारिलो हतियारले छाती भित्र चिरेको जस्तो असैह्य दुख्छ, पोल्छ, गला सुकेर आउँछ आँखा रसाउँछन् एक्लोपनको कहरले भित्र भित्रै खान्छ र बिस्तारै सिध्याउँछ धमिराले काठ खाए जस्तै कस्तो निचोरेको यो बिरक्तिले सासनै रोकिएला जस्तो यी पीडा माझ बाँच्दै गर्दा लाग्छ सम्बेदनाहिन, भावनाहिन मुर्ति भै जाउँ तर कसरी पो ?

एकपटक फेरि उनी

बिहानै मेरो फोनको घन्टी बज्छ । म तन्द्रा मै थिएँ । पुरै  ब्युझिसकेको थिईन । फोन , उनले गरेकी रै ' छि न् । मलाई थाहा थियो , उनको फोन पक्कै आउनेछ भन्ने हिजो देखिनै लागेको थियो । अर्ध निद्रामै फोन उठाउँछु । उताबाट उनको मिठो आवाज आउँछ । उनको आवाज अति नै मिठो लाग्छ मलाई । त्यहि सुमधुर आवाज सुनेरै पुरा जीवन व्यतित गर्न सक्छु म । कुराकानी , छोटो मात्र हुन्छ । मैले कुरा हरू मा अल्झ्याउन खोज्दा-खोज्दै उनी "ल , ल सुत्नु"   भनेर फोन राखिदिन्छिन् । तर अब भने मेरो निद्रा पुरै खुलिसकेको हुन्छ । म उनकै मिठो आवाजको झल्को सँगै उठ्छु र नित्यकर्म तर्फ लाग्छु । खाना पछि एकैछिन् , हाम्रो कुरा chat मा हुन्छ । मैले , उनको घुर्की नबुझ्ने गरेको कुरा भएको थियो । आजसम्म "हुँदैन"लाई "हुँदैन" नै भनेर बुझ्ने गरेको मान्छे म , उनले त्यसो भन्दा अचम्ममा परेको थिएँ । एकदुई पटकको "हुँदैन"लाई त म reverse psychology को रुपमा लिन्छु , सामान्य रुपमै । तर धेरै पटक नै deny भएपछि भने मलाई साँच्चिकै जस्तो लाग्छ । "जति बेला पनि त होइन तर कुनैकुनै बेला बुझ्नुहुन्न नि त तपाईं