Posts

Showing posts from 2022

बाटो मुनिको फूल

कान्ला मुनिको खालि जमिन सानो झार, पतकर, विष्ठा, आदिले मलिलो एउटा चरा, चोँचमा त्यान्द्रो बोकी पुग्यो त्यहिँ, खायो आहार ठोसी-ठोसी त्यान्द्रोको केहि भाग यत्रतत्र छरियो एउटा बिजले चिस्यान् पायो बिउ फुटेर बिरूवा टुसायो घामपानी खाँदै हुर्किन थाल्यो बर्षाको थोपाले टाउकोमा हान्थ्यो किरा, फट्याङ्ग्राले चुमेर जान्थे हार नमानि बढ्यो बिरुवा एकदिन त्यसमा बस्यो कोपिला पातको डल्लो एकदिन खुल्यो पत्रदलले साहारा दिए पुष्पदलको राज भयो प्रकृतिको सुन्दरता बढ्यो भमरा र पुतली रम्न थाले हावासँगै नाच्न थाल्यो, बाटो मुनिको फूल माथीबाट ढुङ्गा पल्टियो  थिचियो त्यो फूल, बिरामी पर्‍यो केहि दिन लाग्यो, तर फेरि पलायो जुर्मुरायो, पहिले जस्तै बयेलीन थाल्यो दुई स्कुले केटा आए बाटोबाटै तुर्क्याए  मुखमै पर्ने गरि निथ्रुक्कै शरीर भिज्ने गरि मुस्कायो फूल अम्लीय पानी बोकेर केहि छिनलाई आफ्नो सास रोकेर सुकिलो हुँदै मात्र के थियो गोठालो आयो एक हल गोरु लिएर एउटा गोरुले उसको हात निमोठ्यो उ डरले काँप्न थाल्यो गोरुको नाक फूलको मुखै निर आयो गोरुले एक सास भित्र तान्यो र फेरि जोडसँग बाहिर फाल्यो किशोरहरू प्रति फूल कृतज्ञ भयो एउटी चेली

तिमी मलाई कति माया गर्छौ ?

तिमी भन्छ्यौ... तिमी सोध्छ्यौ... तपाईं मलाई कति माया गर्नुहुन्छ ? मेरो जवाफ सिधा छ how much you let me to ! तिमीलाई आभाष हुने त्यत्ति हो, जति मलाई let गर्छौ  नभए तिमीले रोक वा नरोक... मेरो माया रोकिने होइन । तिमी मेरो मनको रानी हौ र तिमी बिना मेरो संसार खरानी हो । कहिले खुसि-खुसि हाँसेर, जिस्किएर कहिले मन दुख्दा, आँखा भरि आँसु बनाएर सधै-सधै नै माया गरि रहन्छ मेरो मन कहिले तिमीसँग सहजै व्यक्त गर्न सकुँला कहिले मेरो मन त्यत्ति मजाले खुल्न नसक्ला तिम्रा कुटिल तर्कहरूमा मेरो भावना दबिएला फेरि तिम्रो बोलीले मिठो स्वागत गर्दा मेरो मन मख्ख पर्दै तिमी सामु लुटपुटिएला कहिलेकाहिँ धेरै खुसि हुँदा पनि मेरो मन डराउला यो खुसि मात्र दुइदिने पो हुने हो कि भनेर तर मेरो माया अविरल झरि जस्तै छ... झरिरहन्छ । तिमी सोध्छ्यौ... तपाईं मलाई कति माया गर्नु हुन्छ ? मेरो मन सोध्छ... तिमी मलाई कतिसम्मको अनुमति दिन्छ्यौ ? तिमीसँग मन खोलेर बत्तिन नपाउँदा मेरा जिज्ञासाहरूमा तिमी मौन भइदिँदा या तिमीले उसै टारि दिँदा म द्विविधामा रोमलिन पुग्छु तिम्रो माया मसम्म आइ नपुगे जस्तो लाग्छ । तिम्रो मायाको आभाष हुँदा... मेरो छ

द व्हाइट् टिकेट्

बन्न त, जिन्दगीमा धेरै साथीहरू बने । धेरै थरिका पनि बने । तर कलेज पढ्दा, जब उ आयो, त्यसपछि उ जस्तो कोहि आएन । कलेजमा हुँदा पनि र त्यसपछि पनि । त्यसपछाडिका दिनमा म, उसँग जस्तो नजिक अरुसँग भइन । जिन्दगीको निकै लामो अंश मैले उसँग बिताएको छु । उसको साथमा व्यतित गरेको छु । उसँगका त्यस्ता धेरै क्षणहरू छन्, जुन म कहिले बिर्सन सक्दिन । धेरै त्यस्ता सम्झन लायक पलहरू बनेका छन्, जुन हामीले साथमा बिताएका थियौँ । उ मेरो साथी मात्र नभई, हाम्रो परिवारकै एक सदस्य पनि हो । एकअर्काको घरमा हाम्रो आउजाउ पनि समय मिलेसम्म भइ नै रहन्छ । कहिले कामको शिलशिलामा, कहिले भेटघाट र गफगाफको लागि मात्र पनि । म उसको घरमा जाँदा, उसका बुबाआमा तथा दिदीहरू मेरो प्रशंसा गर्न थाल्नु हुन्छ । उ मेरो घरमा आउँदा, मेरो बुबाआमा र बहिनी उसको प्रशंसा गर्न थाल्नु हुन्छ । उ आएर गएको केहि दिन सम्मै चल्छ मेरो घरमा, उसको गुण र मेरो दोषको चर्चा । उ आएर मेरो घरमा बसेर गएपछि, कहिलेकाहिँ म उसलाई भन्ने गर्छु - "अब दुई-चार दिनसम्म डाइलग खुवाउने भयौ यार !" उ फिस्स हाँस्छ मात्र । उ आउँदा मेरो घरमा सबै उजेलिन्छन् । म जाँदा वहाँ पनि सबैज

रेप कसरी गर्ने !?

उठ बिहान... सधैको तिम्रो घिन लाग्दो सोँच बोकेर दिमागमा उहि गन्धा योजना राखेर अरुको जीवन प्रति राख्दै नराख... दया, माया अबला, कमजोर, कलिका प्रति त, झन्... राख्दै नराख तिनको अबोधपनको फाइदा उठाउ । आज कसलाई शोषण गर्न जाँदै छौ ? कि कसैलाई बन्धक बनाएर राखेको छौ ? सबैको आ-आफ्नो संसार, अनि मनोकाङ्क्षा हुन्छ तर ति चेलीको जीवन, जीवन होइन तिम्रो लागि त त्यो, आफ्नै निजि सम्पत्ति हो । कहिँ कतै त्यस्तै दुखिनी भेट्यौ भने... एकान्तमा भए त्यतै निमोठ लछारपछार पार्दै, च्यात्दै, चिथोर्दै ! विकर्षण प्राकृत थियो, तर तिमी जोडिदेउ उनको आत्माको चित्कारलाई जमिनमा गाडिदेउ । मान्छेका बिच भए फकाउ, फुस्ल्याउ तिम्रो ओठे बोलिमा भर गरे ठिकै भो नगरे अझै केहीबेर कर गर त्यो पनि नमाने सहज संस्कारको बाटो अपनाउ केहि खानपिनको प्रस्ताव गर, या केहि कामको । खानपिनलाई राजी भए, मौकैमा बिष पिलाउ कामको लागि भइन् भने, एकान्तमा पुर्‍याउ सुनसानमा पुगे पछि त तिमी किन छोड्थ्यौ र ? बिषले बेहोस भारी बोकेर जाउ तिम्रो कुठाँउमा भारीलाई भुइँमा फाल वा गद्दीमा राख हुन त, जता मिल्क्याए पनि पिशाचलाई के नै फरक र ? अब त्यो अचेतन भारी फुकाउँदै जाउ भ

देशलाई चिन्छौ ?

हाम्रो देशलाई चिन्छौ ? हो, तिम्रो र मेरो देश हामी सबैको प्यारो नेपाल यहीँ जन्मिएर पनि यहीँ हुर्किएर पनि कतै चिन्न सकेनौ की ? यि सेता हिमालको काख अनि हरियाली डाँडाको साथ तिमीले बिर्सियौ कि ? ति अग्ला पहाड र ति बिच बग्ने नदिहरू त्यसको निश्चलता देखेनौ की ? चार कोसे झाडी अनि त्यो सिमसार तिमीले नाप्न भ्याएनौ की ? बिहानी घाम चरिको चिरविर यहाँको मौसम तिमीले ताप्न, सुन्न, आभाष गर्न सक्यौ की सकेनौ ? हाम्रा मौषमी उत्पादनहरू चाख्यौ की चाखेनौ ? ति जडिबुटीहरू तिमीले रोज्यौ की रोजेनौ ? हेर एकपटक नियालेर हेर गमेर हेर भुइँमा उत्रिएर हेर मेरो देशलाई हेर हामीलाई हेर हाम्रो संस्कार र संस्कृतिलाई हेर जात-जाति र भाषा-भाषीलाई हेर खण्ड-खण्डमा अखण्ड पाउने छौ एकै आँगनमा सबै देख्ने छौ । हिमाल, पहाड, तराई सबै हेर पूर्व देखि पश्चिम सम्मै हेर यो सुन्दरता तिमीले अन्त नखोज तिमी कङ्गारु नबन मनको आँखा खोलेर हेर एकपटक फेरि हेर अनि पो चिन्थ्यौ की !?