उनी

सधैको भन्दा अलि सबेरै ब्युझिएको थिएँ । तैपनि शयन कक्षमा घामका किरणहरू आएर बसिसकेको पाउँछु । जेष्ठ महिनाका सुरुवाती दिनहरू, गर्मी उकालो चढ्दै गरेको हुन्छ । बिहानीको चिया पिउने क्रममा छु । साथै अलिकती अघिल्लो दिनदेखी भिजाइएका चना । तिम्रो यादका लहरहरूले किनारा नाघिसकेका हुन्छन् । बिहानीपख यस्तै भएको पाउँछु, अलि तिब्र रुपमै, सम्हाल्नै नसक्ने गरि । सबै कुरा ठिक हुदाँ हुदै पनि, मलाई some kind of incompleteness ले सधै haunt गरिरहेको हुन्छ । संसारकै सबै भार यहि छातीले थाम्नु परेको जस्तो लाग्छ । यो पल लाग्दछ, यो मनको सम्पूर्ण भारी तिमीसँग बिसाउन पाउँ । तिमीलाई हेर्न पाउँ र हेरिरहुँ, तिम्रो आवाज सुन्न पाउँ, तिम्रो मुस्कान देख्न पाउँ, तिम्रो हात समाउन पाउँ, तिम्रो मुहार स्पर्श गर्न पाउँ, तिम्रो आँखामा डुब्न पाउँ । लाग्छ, तिमीलाई मेरो मायाको कसिलो अंगालोमा बेरूँ र कहिले नछोडुँ । सधै सँगै राखूँ र अत्यन्तै स्वर मच्चाईरहेको मनको आवाज तिम्रो कानमा खुसुक्क भनूँ, कि “I love you, मेरी रानी !” “छोडी नजाउ मलाई, तिमीलाई नजिकै देख्न चाहन्छु, टाढा नजाउ ।”


गतको संवादमा भन्दै थिइन् “आज मलाई निद्रा लागेको छ” । मैले पनि “हुन्छ” भनेको थिएँ । उनी भन्दै थिइन् “तपाइँ पनि चाँडै सुत्नु है, ढिला सम्म नबस्नु नी त्यहाँ” । यसरी माया मिसाई अर्ह्याइएका शब्दहरू सुन्दा यसै भावुक भैदिन्छु म । त्यो क्षण पनि यस्तै भएको थिएँ । धड्कन बढेको महसुस गरेको थिएँ । गला अबरुद्ध भएको थियो । खुसीको सिमा नै थिएन ।

एकैछिन पछि उनको call आयो । पहिले त म अचम्ममा परेँ र तुरुन्तै मख्ख पनि । यो सम्बादमा अन्य कुराहरूका साथै समसामयिक बिषयमा पनि कुराहरू भए । संबादको अन्त्यमा, उनलाई निद्रा लागेको हुनाले “सुत्छु है” भनिन् र call काट्यौँ ।

तर मलाई पुगेकै रहेन छ, नपुगेको चाहिँ के हो थाहा छैन । अझ धेरै कुरा गरिरहूँ, गरि नै रहूँ जस्तो लाग्यो । उनको आवाज सुनीरहूँ जस्तो लाग्यो । उनकै समिपमै रहिरहूँ जस्तो लाग्यो । मैले यता बाट call गरेँ । उठाउदैँ उनले भनिन् “के भयो” ? के भन्नु, मसँग शब्द थिएनन् । थियो त केबल तृष्णा, उनको सामीप्यताको । मलाई यस्तै भएको हुन्छ । भित्र करोडौं कुराहरू हुन्छन् भन्नलाई, गर्नलाई, तर चाहिएको बेला बिलिन भएर गइ दिन्छन् र म निशब्द, उनको सुमधुर आवाजको सम्बोधन मै हराउँछु । मैले भने “छुटीनै मन लागेन, तिमीसँगै कुरामा अल्झिराखूँ जस्तो लाग्यो” । उनी हाँस्दै थिईन् । खै के के कुरामा अल्झिएछौँ, फेरि एकैछिन कुरा भयो । उनले भनिन् “झन् निद्रा लागेर चाँडै सुतौँ भनेको, यति ढिला भइसकेछ, रोइदिन्छु म त, माया नै छैन, माया नै छैन मेरो” । आवाजमा खिन्नता झल्किन्थ्यो । मलाई अप्ठ्यारो लाग्यो, कस्तो दु:ख दिएछु भन्ने लाग्यो । के भनूँ मेसो पाइन, भनेँ “sleep tight, good night, मायालु” । शायद मेरो आवाज अलि गम्भीर र पश्चातापमा परेको जस्तो सुनिएकोले होला, भनिन् “ल, मान्छे त serious भइदिनु भएको, फेरि” । मैले भने “नगर्ने काम करे जस्तो लाग्यो नी त” । उनले भनिन् “होइन, मैले त उसै भनेकी नी” । उनले भनिराख्ने शब्दहरू मध्ये यो “उसै” पनि गज़बकै छ, निकै राम्रो लाग्छ मलाई । उनको यो शब्दको fan भएको छु, तर उनले भन्दा मात्र, अरुले भनेको सुन्दा उस्तो असरदार लाग्दैन । अझ उनले “उसै” प्रयोग गर्ने ठाउँहरू त झनै special लाग्छन् । यो हृदयनै गद्गद् भइदिन्छ उनीसँग यसरी कुरागर्न पाउँदा । तर मैले आजसम्म जान्न पाएको वा सकेको छैन, उनलाई कस्तो महसुस हुन्छ भनेर, सबै अनुमानकै भरमा । फेरि पनि चलिरहेको छ यो कथा यसरी नै । म चाहन्छु पनि, कथा कहिले नसकियोस् । उनीलाई देख्न पाईरहूँ, सुन्न पाईरहूँ, स्पर्श गर्न पाईरहूँ, महसुस गर्न पाईरहूँ । र उनलाई सधै बेहद खुशी देख्न पाईरहूँ । तन, मन, धन, सबैखाले खुशी उनलाई प्राप्त होस् ।

अनि जाँदाजाँदै उनले भनिन् “अब राखिसके पछि फेरि call गर्ने होइन नी” । मैले पनि “हुन्छ” भन्दै संबाद टुङ्ग्याएँ । र ओर्लिएँ भर्याङ्ग, उनको सामीप्यताको अर्को खोजमा ।

२०७७ जेष्ठ ४ प्रात: ९:३०

 

पुनश्च : भनिन् “काम छैन है तपाइँको” । भनेँ “किन” । भनिन् “काम नभएर त हो नी अघि कुरा गरि सकेर पनि फेरि call गर्ने” । dialogue कडा आएको थियो, भनेँ “ल, त्यसोभए अब गएर काम गर्छु” । भनिन् “के काम गर्नु हुन्छ” । भनेँ “जे भएनी काम खोजेर गर्छु, ता’की फेरि यस्तो नहोस्” । अनि आयो उनको सबैभन्दा शक्तिशाली हतियार, उनको त्यो अलौकिक हाँसो । हरेक पटक घायल हुन तम्तयार म, उनको हाँसो सुन्नलाई, उनको मुस्कान पाउनलाई ।

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

Chat Girl - a story by Milan Sangraula