फेरि उनी
जुनेली रात छ । आकाश
गहिरो र खुला देखिन्छ । फाट्टफुट्ट मात्र बादलका टुक्राहरू यताउता भौतारिरहेका
देखिन्छन् । केहि टाढा, नजिक भन्दा अलि पर, भुकिरहेका कुकुरहरूले यो रातको
शुन्यतालाई खलल पुर्याइरहेको भान हुन्छ । बतासमा चिसोपन मिसिएको छ । चिसो बतासको
झोक्काले घरि-घरि यो मेरो पातलो shirt पार गरेर जिउ नै चिसो बनाइदिन्छ । शरीर अलि थकित छ । उनको यादका लहरहरू आउँदै जाँदै गर्दै छन् । उनको सम्झनाले मात्र पनि दिनभरिको
थकान मेटीदै गएको पाउँछु । उनको मधुर आवाज सुन्नको लागि प्रतिक्षामा छु । थाहा
छैन, के भनुँला कुराकानीमा तर पनि व्यग्र छ यो मन उनको सुन्दर आवाजमा हराउन, उनका मिठा
कुरा सुन्न । थाहा पाउनु छ, उनको खबर, उनको दिनचर्या । उनको मन, मस्तिष्क, भावना
सम्मका कुरा जान्ने इच्छा हुन्छ, मलाई । उनको जीवन, आफ्नै जीवन भन्दा नजिक बनाउनु
छ । उनी, आफै भन्दा प्रिय भएकी छन् ।
समय सधै उस्तै नरहने
। सधै एकैनास नहुने । मलाई सधै उनीसँग नजिकिने सौभाग्य मिल्दैन । कुराकानी सधै
flow मा जाँदैन । उनी अलि बेग्लै tone मा हुन्छिन्, आवाजमा त्यस्तै झलक परेको छ ।
सायद केहि भएको हुनुपर्छ, म अनुमान लगाउँछु । उनी मनको कुरा सुनाउन अनिच्छित देखिन्छिन्
। कहिलेकाहिँ सुन्न पाउने गरेकोले होला मेरो मनले हार मानिसकेको हुँदैन । तर अँह,
उनको मन खुल्ने लक्षण छैन, आज बन्दको बन्द नै रहने देखियो । मैले अलि बढी नै
केरकार गरेपछि, उनी झर्को मान्दै भन्छिन् “तपाईंलाई मेरो mood off छ भन्ने कुरा नै
prove गर्नु पर्ने हो ? गर्नै पर्ने हो भने म लेखेर दिन्छु” । म अलि हच्किन्छु, गल्ति
गरे जस्तो लाग्छ । के भएको होला, केहि मेसो पाउन सक्दिन । म त्यहि सोचमा पर्छु ।
विभिन्न सम्भावनाहरू केलाउन थाल्छु । तर बुझ्नलाई एकदमै सकस परेको हुन्छ । म सँगका
शब्दहरू बिस्तारै हराएर जान्छन् । बोल्ने कुरा केहि पाउँदिन । सायद कारणकै खोजीमा बढी केन्द्रित
हुन पुग्छु, म । र सकिन्छ कुराकानी
अन्त्यमा, नमिठो टर्रोपन छोडेर ।
मेरो मन नरमाइलो
मान्छ । म बिछ्यौनामा पल्टिन्छु, निदाउने कोसिस गर्छु तर सक्दिन । छटपटीमा कोल्टे
फेर्नु बाहेक केहि उपाय लाग्दैन । मस्तिष्कमा प्रश्न-उत्तरको ज्वारभाटा चलिरहेको
हुन्छ । आखिर के भएको होला भन्ने लागीरहन्छ । उनले भनेको कुरा सम्झना हुन्छ “जे
भएको भए पनि, तपाईंको कारणले होइन” । कुरा गहिरो होला भन्ने लाग्यो । जे भएनी पुरै
detail त म पनि माग्दिन थिएँ । अलिकती hint नै काफी हुन्थ्यो मलाई । र सायद, सायद
उनलाई पनि मनको गाँठो फुकाउँदा अलिकती भएनी हल्का हुन्थ्यो कि ? तर त्यो पनि सम्भव
देखिएको थिएन । हुन त उनलाई पनि मन लागेन होला बताई राख्न । सायद मैले उनी यत्तिकै
बसेको थाहा हुँदाहुँदै, के गर्दै छौ भनि नसोध्नु पर्ने । तर म पनि उस्तै, के-के सोध्नु पर्ने, के-के जान्नु पर्ने । मैले त्यसरी सोध्दा उनले भनेको जवाफ सम्झिन्छु “ गाउँदै छु,
नाच्दै छु; नाच्ने भए आउनु” । आवाजमा वितृष्णा सुनिन्थ्यो । म अचम्ममा परेको थिए ।
उनको अजिव धार देखापरेको थियो । म हावालाई कुनै idea थिएन, के भइरहेको छ । दु:ख
लाग्छ, उनलाई cheer up गर्न पनि जानीन । I wish I could cheer her up any time any
moment.
मेरो दिलमा बसेकी उनी, दिमागमा आउँदिनन् । बुझ्न गाह्रो पर्छ मलाई, उनको कथा, किनकि सुनाउँदिनन् । उनका सबै दुख, पीडा, बेदना, तनाव, चिन्ता सबै एकै सासमा पिई दिन मन हुन्छ, फेरि कहिले नआउने गरि । उनलाई खुशी देख्ने मन हुन्छ । खुशी बनाउने मन हुन्छ । अलिकति भए पनि उनको मुहारमा मुस्कान छर्ने मन हुन्छ । तर आज उनको मन खोल्न सकिन, उनलाई अलिकती पनि हसाउँन सकिन । आफ्नो प्यारो मान्छे थोरै मात्र पनि off द sync हुँदा, यता जिन्दगीकै synchronization बिग्रदो रहेछ । आकाश त सफा थियो तर हाम्रो मायामा भने बादल लाग्यो । छ आशा: कालो बादल हट्ने, सुनौलो बिहानी आउने, मायाका नयाँ आँकुराहरू पलाउने, फेरि त्यो मन सँग यो मन मिसाउने ।
२०७७ जेष्ठ १९ प्रात ८:३० बजे
Comments
Post a Comment