फेरि पनि उनी

हिजोआज हाम्रो cold-war दिनहुँ जसो रिरहेको हुन्छ । सायद मेरो पतन मानसिकताको शिकार भएको छ, हाम्रो प्रेम । निकै नै positive, successful standard व्यक्तित्व कि उनी, म अत्यन्त vile, negative dark भएकैले, सायद उनलाई धेरै नै सताउँछु क्यारे ! अरु त के कुरा र ? म त उनीसँग बोल्न मात्र पनि लायकको छैन । म जस्तोसँग पनि मिठो बोलेर साथ दिने उनी महान छिन् । हरेक कुराले classic छ उनको persona । भन्न मन लाग्छ, "मलाई माफ गरिदेउ, म सञ्चो हुन सकिन" । म यस्तै रहेछु, always precarious ! inquisitive and nosy !

पहाडको टुप्पोमा पुगेपछि एउटा आरोही पनि ओह्रालो लाग्छ । सायद यस्तै भएको हुनुपर्छ, हाम्रो प्रेममा पनि । बिचका तीन-चार दिन जति प्रेमले चुचुरो नाघेको थियो । कम्तिमा मैले त्यस्तै महसुस गरेको थिएँ । स्वर्णिम थिए ति पलहरू । त्यस्तै पलहरू नै हुन्, जिन्दगीमा मलाई उर्जा प्रदान गर्ने । हाम्रो प्रेम त्यो उत्कर्षमा पनि पुग्न सक्छ भन्ने कहिले लागेन । म आफै पनि deserving छु जस्तो कहिले लागेन । यो उनकै मिठो देन थियो । मेरो लागी अनुपम उपहार थियो । मेरो मायाले वा उसै, भन्न सक्दिन जे थियो अत्यन्त सुन्दर थियो । मैले केहि बुझ्न पनि सकेको थिईन । यो उत्कर्षतामा आखिर कसरी पुग्यौं हामी, म पुरै अचम्ममा थिएँ । यो के भईरहेको होला भन्ने लागि रहन्थ्यो । अहिले सम्झिदा पनि छक्क पर्छु । मैले कहिले सोच्दै नसोचेको आनन्द पाइरहेको थिएँ । बिल्कुलै नयाँ अनुभव भईरहेको थियो मेरो लागि । जिन्दगीकै मिठो अनुभव । मैले उनलाई सोधेको पनि थिएँ "यो के भइरहेको छ" भनेर । "के भईरहेको छ भनेर त मलाई थाहा छ, तर म भन्दिन" उनको जवाफ थियो । मेरा धेरै जिज्ञासाहरुको जवाफ उनले यसरी नै दिने गर्छिन् । म सँग त्यस्ता धेरै प्रश्नहरू छन् जुनको उत्तर सायद मैले कहिले भेट्ने छैन । उनको त्यो जवाफले मेरो जिज्ञासा झनै बढाई दिन्छ । म अझ confusion मा पर्छु । केहि ठम्याउन खोज्छु, सक्दिन । केहि निर्क्यौल गर्न खोज्छु, केहि मेसो लाग्दैन ।

अनपेक्षित उत्कर्षमा पुगेका ति प्रेमालापहरू, सधै यथास्थानमा त किन रहन्थे र ? एकदिन त झर्नु नै थियो । नराम्रोसँग बज्रनु नै थियो । नभन्दै एक बिहान भयो त्यस्तै । मेरै imprudent behavior को निशानामा फेरी पर्यो, निर्दोष यो प्रेम  बसन्त, शिशिर बन्यो । हरियाली सबै पतझड भईदियो । बर्खे मूल सुकेर सुख्खा भयो । यो मन सधै मख्ख परिरहन कहाँ पाउँथ्यो र ? यसलाई पनि त चिरिनु थियो, चर्र । रेटिनु थियो, थिचिनु थियो, भाँचिनु थियो, टुक्रिनु थियो, दुख्नु थियो, पोलिनु थियो र भयोपनि, सबै एकैपटक । हुरी, बर्षात् र असीना; सबै एकैपटक आयो । छाती चर्कियो, जिउ काँप्यो, मुटु पोल्यो, भित्र कहाँ हो कहाँ असह्य दुख्यो, अन्तिम नै पीडा पो हो की जस्तो ।

मेरो पागलपन बढ्दै जाँदै थियो । रोकिने कुनै सङ्केत थिएन । म बेसुरो हुँदै गएको थिएँ । मेरा गतिबिधिहरू hysteric हुँदै गइरहेका थिए । म psychopath जस्तै भएको थिएँ । स्वभावले अलि शान्त मानिएको मसबै जनासँग बिनासित्ति झर्किन थालेको थिएँ । नुहाउन bathroom पस्दा पनि towel नलिई पस्दो रहेछु । एकपटक धोइसकेको कपडा फेरि धुँदो रहेछु । म रातमा ननिदाएको त धेरै भैसकेको थियो । आजकल दिउँसो पनि त्यहि हाल थियो । रात र दिन उस्तै लाग्न थालेको थियो । fantasy को दुनियाँमा मस्त रमाउने म, fact हरूले बज्र हानेपछि फेरी एकपटक घाइते भएको थिएँ ।

छिट्टै नै निको हुने, फेरि मन खोल्ने, फेरि प्रेम मौलाउने, फेरि धीत मार्ने, मनसँग मन जोड्ने, उनीसँग मिठा-मिठा बातहरू गर्ने, उनको मिठो मुस्कान हेर्ने, आशाहरू भने बाँकी नै थिए । सुनौला पलहरूको पर्खाई बाँकी नै थियो । उसै पनि सधै पर्खाई मै बाँचेको मान्छे म । म पर्खिरहेको छु, म पर्खिरहन्छु, बस उनैलाई 


२४ श्राव २०७७ मध्यदिन 

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न