रुँदिन म

रुँदिन म
अहँ
रुँदै रुँदिन
तिमी बिना आफ्नो भविष्य नदेख्दा
तिम्रो अभावले मेरो सासै रोकिन खोज्दा
तिमी नभई, गन्तव्य सारा अन्धकार देख्दा
बस् कहिलेकाहिँ आँखा रसाउँछन्
तिमीलाई आफ्नो छेउमा नपाउँदा

रुँदिन म
छटपटीले यो ज्यान रन्किदा
पीडाको धारले कलेजी काट्दा
उत्कण्ठाको कम्पनले मुटु भासिदा
बस् कहिलेकाहिँ भक्कानो छुट्छ
तिम्रो मायाको आभाष नपाउँदा

रुँदिन म
मेरो कुरा तिमीले हाँसेर टारी दिँदा
मेरो मनको ज्वाला निभाउन नपाउँदा
मुटुभरको माया पोख्न नपाउँदा
बस् कहिलेकाहिँ गला बाउँडिन्छ
जानिजानि तिमीले यो प्रेमलाई छेक्दा

रुँदिन म
रिसाइ मसँग तिमी चर्को बोल्दा
तिमी झर्केर "था' छैन मलाई" भन्दा
मधु संबादमा तिमी अचानक बम्किदा
बस् कहिलेकाहिँ विचलित हुन्छु
तिम्रो मुडमा रस भर्न नसक्दा

रुँदिन म
मौकामा तिमीले फोन नगर्दा
बिर्सेर टेक्स्टको जवाफ नदिँदा
रुष्ट भइ "त्यो कुरा सकिई सक्यो" भन्दा
बस् कहिलेकाहिँ ऐठन हुन्छ
त्यो मनमा म प्रतिको चाह नदेख्दा

रुँदिन म
तिमीलाई अरुकै काखमा देख्दा
तिम्रो हातमा अरु कसैलाई देख्दा
तिमीमा अरुकै पुर्णाधिकार देख्दा
बस् कहिलेकाहीँ छाती पोल्छ
तिमीलाई मेरो पक्षमा नदेख्दा

अहँ ! रुन्न म
रुँदै रुन्न
बस् कहिलेकाहिँ आँसु खसिदिन्छन् अनयासै
तिम्रो सम्झनामा ॥


(२०७८ असार २८, मध्यदिन)
(premise: आफ्नो जिन्दगी देखर रुन मन लागेको बेला आफुलाई सम्हाल्दै गर्दा ! Though she is always here in my heart and mind ! She comes intensified, at every lows and highs of my life !)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न