Posts

Showing posts with the label Nepali Novel

Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् । Paheli - a Novel by Prof. Bishnu S. Rai बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ । प्रा. डा. गोविन्द राज भट्टराई (नेपाली साहित्यमा एउटा प्रयोग) यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

अर्की आइमाई (Novel: Arki Aaimai) (English: The Next Woman / The Other Woman / The Second Woman / The Second Wife) लेखिका : नीलम कार्की निहारिका (Novel by:  Neelam Karki Niharika ) प्रकाशक : शब्धार क्रिएशन (२०७०), शाङ्ग्रीला पुस्तक (२०७४, बैशाख) वाचन : अच्युत घिमिरे (Presenter: Achyut Ghimire) ‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । यस अघि उहाँका दुई कविता सङ्ग्रह र तिन कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको पछिल्लो उपन्यास ‘चीरहरण’ले “पद्मश्री साहित्य पुरस्कार २०७२” प्राप्त गरेको छ । २०७४ फाल्गुणमा उहाँको अर्को उपन्यास ‘योग माया’को विमोचन गरियो। ‘अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । यो एक युवा लेखकको शक्तिशाली कृति हो । - भनेर आफ्नो भूमिकामा जगदीश घिमिरेले लेख्नु भएको छ । - Source: श्रुति संवेग, UNN उपन्यास सुन्न वा डाउनलोड गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् । Arki Aaimai - a novel by N