रेप कसरी गर्ने !?

उठ बिहान... सधैको तिम्रो घिन लाग्दो सोँच बोकेर
दिमागमा उहि गन्धा योजना राखेर
अरुको जीवन प्रति राख्दै नराख... दया, माया
अबला, कमजोर, कलिका प्रति त, झन्... राख्दै नराख
तिनको अबोधपनको फाइदा उठाउ ।

आज कसलाई शोषण गर्न जाँदै छौ ?
कि कसैलाई बन्धक बनाएर राखेको छौ ?
सबैको आ-आफ्नो संसार, अनि मनोकाङ्क्षा हुन्छ
तर ति चेलीको जीवन, जीवन होइन
तिम्रो लागि त त्यो, आफ्नै निजि सम्पत्ति हो ।

कहिँ कतै त्यस्तै दुखिनी भेट्यौ भने...
एकान्तमा भए त्यतै निमोठ
लछारपछार पार्दै, च्यात्दै, चिथोर्दै !
विकर्षण प्राकृत थियो, तर तिमी जोडिदेउ
उनको आत्माको चित्कारलाई जमिनमा गाडिदेउ ।

मान्छेका बिच भए फकाउ, फुस्ल्याउ
तिम्रो ओठे बोलिमा भर गरे ठिकै भो
नगरे अझै केहीबेर कर गर
त्यो पनि नमाने सहज संस्कारको बाटो अपनाउ
केहि खानपिनको प्रस्ताव गर, या केहि कामको ।

खानपिनलाई राजी भए, मौकैमा बिष पिलाउ
कामको लागि भइन् भने, एकान्तमा पुर्‍याउ
सुनसानमा पुगे पछि त तिमी किन छोड्थ्यौ र ?
बिषले बेहोस भारी बोकेर जाउ तिम्रो कुठाँउमा
भारीलाई भुइँमा फाल वा गद्दीमा राख
हुन त, जता मिल्क्याए पनि पिशाचलाई के नै फरक र ?

अब त्यो अचेतन भारी फुकाउँदै जाउ
भारीको अन्तरङ्ग स्पर्श गर, सुम्सुम्याउ
त्यो नरमता, त्यो कोमलता महसुस गर्न त आएकै हैन क्यारे !
त्यसैले, गिजोल त्यो भारीलाई... उचाल, पछार
भारी भित्रको नासो वा पाहुर सबै नष्ट पारिदेउ ।

त्यो सुन्दर सुवासित शरीरमा तिम्रो गन्हाउने कु-शरीर टाँस
पवित्र तनको रस निचोर, तिम्रो कुँजो ज्यान दलेर छोड
एकपटक आभास गर त
त्यो मुर्छित भारीले पनि तिम्रो दुर्गन्ध थाहा पाएको छ
तिम्रो नियत त झन् डुङ्डुङ् गन्हाईरहेछ ।

जति थिच्नु छ थिच
आज केहि बोल्ने होइन भारी
प्रतिकार पनि गर्दैन
लासै भेटे पनि जान्थ्यौ होला
अर्धलास सँगै तिम्रो कु-प्यास मेटाउ ।

रति रागको सुरलाई बिगार
प्रेमको बत्ति पनि धपक्क निभाउ
पिरतीको भाषालाई नै बिगार्ने तिमी
प्रेम पुजारीहरूको बदनाम गराइदेउ
मायाको बाटो नै भत्काइ देउ ।

प्रेम पूर्वक सक्दैनौ वा चाहन्नौ
लुट्न छ लुट, अब निर्दोषको आत्मा खोसेर लुट
त्यो सनक तिम्रो कुहिएको गिदीमा लिएर बस
आफै ठुलो, आफै बलवान, जे गरे नि हुन्छ... भनेर सोँच
तिम्रो बिग्रेको मति प्रति, खराब नियत माथि, गर्व गर
आफ्नो कर्तव्य बिर्सिदेउ, मानवियतालाई खोलामा बगाइदेउ
आफ्नो पदको निष्ठा मारीदेउ, अझ त्यसको फाइदा उठाउ ॥
 
(२०७९ जेष्ठ ९ सोमबार, शुभ)

प्रकृतिले माया, ममता र शृष्टिको प्रतिकमा दिएको
तर तिमी खेलौना ठानेर, घृणित बनाइ दिन्छौ
न भावना बुझ्यौ, न त तिम्रो मनमा सम्मान नै जाग्यो
अब तिमी आफै भन,
तिम्रो आमा, तिम्रो दिदी-बहिनी, तिम्रो श्रीमती वा तिम्रो छोरीलाई... म के खबर दिउँ ॥॥

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न