अर्की आइमाई (Novel: Arki Aaimai) (English: The Next Woman / The Other Woman / The Second Woman / The Second Wife) लेखिका : नीलम कार्की निहारिका (Novel by: Neelam Karki Niharika ) प्रकाशक : शब्धार क्रिएशन (२०७०), शाङ्ग्रीला पुस्तक (२०७४, बैशाख) वाचन : अच्युत घिमिरे (Presenter: Achyut Ghimire) ‘अर्की आइमाई’ नीलमको पहिलो डायस्पोरिक उपन्यास हो । यस अघि उहाँका दुई कविता सङ्ग्रह र तिन कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको पछिल्लो उपन्यास ‘चीरहरण’ले “पद्मश्री साहित्य पुरस्कार २०७२” प्राप्त गरेको छ । २०७४ फाल्गुणमा उहाँको अर्को उपन्यास ‘योग माया’को विमोचन गरियो। ‘अर्की आइमाई’ उपन्यास श्रस्टाको अमेरिकाको एक्सपोजरमा आधारित भएकाले सशक्त बनेको छ । मुल कथा तन्तु बाहेक अन्य उपकथाका माध्यमले त्यहाँको नेपाली-अमेरिकी संस्कृतिकरणको द्वन्द र अमेरिकी-नेपाली जीवनको पाटोको चित्रण छ । यो एक युवा लेखकको शक्तिशाली कृति हो । - भनेर आफ्नो भूमिकामा जगदीश घिमिरेले लेख्नु भएको छ । - Source: श्रुति संवेग, UNN उपन्यास सुन्न वा डाउनलोड गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् । Arki Aaimai - a novel by N
९ गते बिहान उनले दुवै तिर फोन गरिन् । ह्वाट्सएप् अनि नम्बरमा । धेरै बेर बोल्न पाइन । उनी क्लासबाट चाँडै निस्किएको बताउँदै थिइन् । त्यसरी उनले सम्झेको मिठो पलमा पनि बोल्न नपाउँदा नराम्रो लागिरहेको थियो । अबेरसम्म सुतेकोले नित्य कर्म नै बाँकी थिए । दिउसो साढे बाह्र बजे ह्वाट्सएपमा मात्र एक मिस्ड्कल् आएको रहेछ । दिनभरि नै अनुकुल परेन मलाई । छटपटी-छटपटी भइ नै रह्यो, तर पनि फोन गर्न पाइन मैले । बिहान एकैछिन कुरा हुँदा - दिउसो गर्छु त भनेको थिएँ तर सोँचे जस्तो भएन । बेचैनीमा दिन बित्यो । एकान्त समय मिल्दै मिलेन । राति त जसरी भए पनि कुरा गर्ने हो- भनेर उनलाई एकपटक फोन गरेँ । उनलाई नमिलेको बेला परेकोले उनले काटिदिइन् । उनको कलब्याक् कुरेर बसेको थिएँ । आए पछि थाहा भइहाल्छ नि भनेर, ढुक्क हुँदै मोबाइल छेउमा राखेर आँखा चिम्लेर पल्टेको थिएँ । दिनभरिको थकान र गर्मीले गालेकोले होला, म त फुस्सै निदाएछु । राती दुइ बजे मात्र ब्युझिएको थिएँ । उनको एउटा टेक्स्ट् र मिस्ड्कल् देखेँ र उनको पौने बाह्र बजेसम्मको अन्तिम ह्वाट्सएप् गतिबिधि पनि । सोँचे - विचरी निदाउन सकिनछिन् क्यार ? नम्बरमा पनि हेरेँ । त्यहाँ भ
यत्ति लामो बाटो धायौ किन ? मेरै हुने कसम खायौ किन ? घाँटीसम्म आएको कुरा, मुखमा कहिल्यै नल्याउने भए; शब्द रसको प्यासमै राखि, मसँग माया लायौ किन ? आफूले भने सोध्दै गयौ, मैले सोध्दा झनक्क भयौ; खुल्दै नखुल्ने तिम्रो बानी, तैपनि, यो छातीमा छायौ किन ? मेरो हुटहुटीको जवाफै नदिई, हाँसेर नै टार्ने भए; मधुर, सुमधुर, मनै छुने, प्रेमगीत मसँग गायौ किन ? तिम्रो मन पाउन मैले हजार कोसिस गरेँ, तर सधै असफल; आफ्नो सधै लुकाई राख्यौ, एक झकमै मेरो दिल पायौ किन ? यो त साह्रै अन्याय भो, मलाई सधै द्विविधा भो; आफ्नो जज़्बात सधै चेकमा, मेरो लाई ह्यायौ किन ? (२०७९ चैत्र ३०)
Comments
Post a Comment