तिमी मलाई कति माया गर्छौ ?

तिमी भन्छ्यौ... तिमी सोध्छ्यौ...
तपाईं मलाई कति माया गर्नुहुन्छ ?
मेरो जवाफ सिधा छ
how much you let me to !
तिमीलाई आभाष हुने त्यत्ति हो, जति मलाई let गर्छौ 
नभए तिमीले रोक वा नरोक... मेरो माया रोकिने होइन ।
तिमी मेरो मनको रानी हौ
र तिमी बिना मेरो संसार खरानी हो ।

कहिले खुसि-खुसि हाँसेर, जिस्किएर
कहिले मन दुख्दा, आँखा भरि आँसु बनाएर
सधै-सधै नै माया गरि रहन्छ मेरो मन
कहिले तिमीसँग सहजै व्यक्त गर्न सकुँला
कहिले मेरो मन त्यत्ति मजाले खुल्न नसक्ला
तिम्रा कुटिल तर्कहरूमा मेरो भावना दबिएला
फेरि तिम्रो बोलीले मिठो स्वागत गर्दा
मेरो मन मख्ख पर्दै तिमी सामु लुटपुटिएला
कहिलेकाहिँ धेरै खुसि हुँदा पनि मेरो मन डराउला
यो खुसि मात्र दुइदिने पो हुने हो कि भनेर
तर मेरो माया अविरल झरि जस्तै छ... झरिरहन्छ ।

तिमी सोध्छ्यौ...
तपाईं मलाई कति माया गर्नु हुन्छ ?
मेरो मन सोध्छ...
तिमी मलाई कतिसम्मको अनुमति दिन्छ्यौ ?

तिमीसँग मन खोलेर बत्तिन नपाउँदा
मेरा जिज्ञासाहरूमा तिमी मौन भइदिँदा
या तिमीले उसै टारि दिँदा
म द्विविधामा रोमलिन पुग्छु
तिम्रो माया मसम्म आइ नपुगे जस्तो लाग्छ ।

तिम्रो मायाको आभाष हुँदा...
मेरो छाती चौडा हुन्छ
मनमा घाम लाग्छ
मेरो हिँडाइको चाल बदलिन्छ
नहुँदा...
दिन नरमाइलो भइदिन्छ
छाती खुम्चिन्छ
आफुलाई एक्लो, कमजोर र निरिह भएको पाउँछु
तर त्यस्तै भएनि... जिन्दगी घस्रि रहन्छ
तिम्रो माया लागि नै रहन्छ ।

तिमी भन्छ्यौ...
तपाईं मलाई कति माया गर्नु हुन्छ ?
म भन्छु...
how much do you let me to ?
म तिम्रो मुहार हेरेरै जिन्दगी बिताउन सक्छु
तिमीलाई सम्झेर पलपल बाँचेको हुन्छु ।
तिमी आफै नै बुध्दिमान् अनि बलवान् छौ
मैले उल्लेख्य त्यस्तो केहि गर्न सक्छु जस्तो त लाग्दैन ।
तैपनि कुनैदिन तिमीले आफ्नो मन पोख्न चाह्यौ भने
त्यो मनलाई सम्हालेर राख्ने कोसिस गर्ने छु
तिमीलाई एक्लो र कमजोर महसुस हुन दिने छैन ।
बस् तिम्रो अनुमति हुनु पर्यो...
मेरो माया
आकाश जस्तै गहिरो छ
समुन्द्र जस्तै भरिएको छ
हिमाल पारीको गाउँ झैँ छ
बादल भित्रको घामझैँ छ॥

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न