घाउ

कस्तो निरश यो मेरो जिन्दगी
म कति एक्लो यो संसारमा
एक्लै बाँच्न नसिकी नहुने भो !

यो करङ्ग भित्र निमोठ्ने घाउलाई
कसरी निको बनाउने होला ?
छाती भित्र एउटा सानो कालो बिन्दु
बिस्तारै बढ्दै जान्छ धुवाँसरि
सुरुमा हल्का पोल्दै पोल्दै आउँछ
र झिल्को बन्छ, झिलिक्क बल्छ
सबै सल्किन्छ घाँटी देखि पेट सम्म नै
धारिलो हतियारले छाती भित्र चिरेको जस्तो
असैह्य दुख्छ, पोल्छ, गला सुकेर आउँछ
आँखा रसाउँछन्
एक्लोपनको कहरले भित्र भित्रै खान्छ
र बिस्तारै सिध्याउँछ
धमिराले काठ खाए जस्तै

कस्तो निचोरेको यो बिरक्तिले
सासनै रोकिएला जस्तो
यी पीडा माझ बाँच्दै गर्दा लाग्छ
सम्बेदनाहिन, भावनाहिन मुर्ति भै जाउँ
तर कसरी पो ?

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न