एकपटक फेरि उनी

बिहानै मेरो फोनको घन्टी बज्छ । म तन्द्रा मै थिएँ । पुरै ब्युझिसकेको थिईन । फोन, उनले गरेकी रै'छिन् । मलाई थाहा थियो, उनको फोन पक्कै आउनेछ भन्ने हिजो देखिनै लागेको थियो । अर्ध निद्रामै फोन उठाउँछु । उताबाट उनको मिठो आवाज आउँछ । उनको आवाज अति नै मिठो लाग्छ मलाई । त्यहि सुमधुर आवाज सुनेरै पुरा जीवन व्यतित गर्न सक्छु म । कुराकानी, छोटो मात्र हुन्छ । मैले कुराहरूमा अल्झ्याउन खोज्दा-खोज्दै उनी "ल,ल सुत्नु" भनेर फोन राखिदिन्छिन् । तर अब भने मेरो निद्रा पुरै खुलिसकेको हुन्छ । म उनकै मिठो आवाजको झल्को सँगै उठ्छु र नित्यकर्म तर्फ लाग्छु ।

खाना पछि एकैछिन्, हाम्रो कुरा chat मा हुन्छ । मैले, उनको घुर्की नबुझ्ने गरेको कुरा भएको थियो आजसम्म "हुँदैन"लाई "हुँदैन" नै भनेर बुझ्ने गरेको मान्छे म, उनले त्यसो भन्दा अचम्ममा परेको थिएँ । एकदुई पटकको "हुँदैन"लाई त म reverse psychology को रुपमा लिन्छु , सामान्य रुपमै । तर धेरै पटक नै deny भएपछि भने मलाई साँच्चिकै जस्तो लाग्छ । "जति बेला पनि त होइन तर कुनैकुनै बेला बुझ्नुहुन्न नि त तपाईं" उनले भनेकी थिइन् । मैले भनेको थिएँ "म यस्तै हो, मलाई हरेक कुराको detailed explanation चाहिन्छ, बच्चालाई जस्तै, नभए म गलत नै बुझेर बस्छु " । जवाफमा उनले "हस्" मात्र भनेकी थिइन् । भगवान महादेवले पनि बुझ्न नसकेको भनिएको नारी सुलभ वाणी म मान्छेले कसरी पो बुझ्नु र ? मलाई Justin Bieber को What do you mean ? भन्ने गीतको सम्झना हुन्छ । मैले उनीसँगको यो सम्बादमा केही नयाँपन महसुस गर्न पाएको थिए । नयाँ अनुभव भएको थियो । नयाँ कुरा सुन्न पाएको थिए । त्यो पल उनले खुलेर कुरा गरेकी थिइन् । मसँग कुरा गर्दा विशेषत: व्यक्तिगत वा भावनागत कुराहरूबाट टाढै बस्न रुचाउने उनी, आज केही श्रीङ्गारिक भएकी थिइन् । उनीसँग यसरी खुलेर कुराहरू हुँदा सारै आनन्दित हुन्छु म । मन चङ्गा हुन्छ । मायाको बाढी उर्लिएर आउँछ । मायाले यो मन पुरै भरिएर आउँछ । उनको आजको यो स्पष्टताले मलाई केहि थप कुराहरू जान्ने अवसर पनि जुटाइ दिएको थियो । कम्तिमा मलाई सम्झना रहदाँ सम्म उनका यी मीठा कुराहरू बिर्सने छैन मैले ।

एकदिन उनीसँगको कुराकानीमा, मैले लेख्दै गरेको 'सानो अनुभुती'को प्रसङ्ग जोडेको थिएँ । त्यो अनुभुती मैले सर्र कागजमा मात्र लेखेको थिएँ ।  टाईप गरिसकेको थिइन । एडिट वा proof reading त बाँकी नै थियो । यत्तिकै tableमा बेबारिश कतै परेको थियो । उनले "पठाउनु" भनेकी थिइन् । मैले "टाईप गरिसकेर पठाउँछु नी है" भनेको थिएँ ।  उनले "होइन लेख्दै गरेको draftनै पठाउनु" भनेकी थिइन् । मलाई किन होला जस्तो लागेको थियो । मैले जिज्ञासा बस "किन ड्राफ्टनै हेर्न मन लागेको नि तिमीलाई ?" भनि सोधेको थिएँ । उनले "उसै नी !" मात्र भनेकी थिइन् । मैले "हुन्छ म फोटो खिचेर पठाउँछु है" भनेको थिएँ । तर त्यो ड्राफ्ट साँच्चिकै बेबारि भएछ । मैले यताउता खोजे । टेबलका सबै कागजहरू फर्काएर हेरेँ । झोलामा हेरेँ । डायरीहरूका बिचमा पो छ कि भनि पल्टाएर खोजेँ । कहाँ राखेको भन्ने ठ्याक्कै सम्झना नभएपछि कसरी भेटिन्थ्यो र ? यस्तै क्रममा मैले उनले मागेको कुरा दिन सकिन । कहिले केही नभन्ने उनी, आज उनैले चाहना गरेको क्षणमा पठाउन सकिन । एकदुई दिन यत्तिकै बित्यो, ड्राफ्टको बारेमा कुनै प्रसङ्ग आएन । अर्को एकदिनको कुराकानीमा उनले "खोइ त draft पठाउनु भएको" भनि सोधिन् । मैले त ड्राफ्ट अझै पनि भेटाएको थिइन अनि कसरी पठाउँ र ? मेरो मनमा भने फेरि त्यहि जिज्ञासाले जरो गाड्यो र डर मानी-मानी भएपनि सोधेँ "साँच्चै तिमीलाई ड्राफ्ट नै हेर्न किन मन लागेको ?” कतै जवाफ आई पो हाल्छ कि भन्ने आशमा उनले एकाएक कडा स्वरमा भनिन् “भयो पर्दैन नपठाउनु” म अकमक्क परेँ के भनूँ मेसो पाइन मैले पठाउँदिन पनि भनेको थिइन बस् मेरो कौतुहलताले गर्दा मात्र प्रश्न गरेको थिएँ कुरा बुझ्न गार्हो पर्यो मलाई सिधा हिसाबमा मैले त्यतिबेला ‘पर्दैन’लाई ‘पर्दैन’ नै भनेर बुझेँ तर ड्राफ्ट भेटिएको खण्डमा मैले नपठाउने भन्ने कुरै थिएन, त्यो पनि उनीलाई मेरी उनीले घुर्की लगाएको कुरा मैले बुझेनछु मलाई खुलेर कुराहरू गरेको राम्रो लाग्छ मेरो आफ्नो स्वभाव पनि त्यस्तै छ, स्पष्ट साङ्केतिक कुराहरू बुझ्नलाई मलाई अलि गार्है पर्छ अलिअलि सङ्केत पाए पनि फेरि होइन कि जस्तो लाग्छ किनकि भनाइ त अर्कै थियो नी भन्ने हुन्छ अरुको मनको कुरो भन्दै नभनी त कसरी बुझ्न सकिन्छ र ? कुनै पनि गुस्ताखीको लागि माफ गर है, अज्ञानी सम्झेर धेरै कुराहरू भर्खर सिक्दै छु सायद यो जिन्दगी नै कम पर्छ होला है ? सबै सिक्नलाई

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न