बिग्र्यो आज

(बिग् र्‍याे आज)

तिमीलाई देखे पछि मन बिग्र्यो आज
आफ्नै जिन्दगानी झन् बिग्र्यो आज

उनैलाई सोँच्दा-सोँच्दै खानै बिर्सिएँ
अनि त के चाहियो ? तन बिग्र्यो आज

संसार उनको निकै उच्चतम लाग्यो
कसरी त्यहाँ पुगुँ, चैन बिग्र्यो आज

सोँच्थेँ ! को भन्दा कम नै छु र ?
तर म भित्रकै डन बिग्र्यो आज

रमाइलो र रङ्गमै बितेका थिए दिन
अनयासै फेरि फन बिग्र्यो आज

लाग्थ्यो, प्रेम युद्द यो जिती छोड्ने छु
उनको उपस्थितिले रण बिग्र्यो आज

(सन् २०१२ तिर)

Comments

Popular posts from this blog

बाटो मुनिको फूल

Love & Venom

द व्हाइट् टिकेट्