रोईन् मसँग

कुरै कुरामा उनी रोईन् मसँग
मनका केहि व्यथा धोईन् मसँग
... ... ...

(भावना)
समाजको लागी, कसैलाई आफ्नो बनाइन्
आफ्नो भन्नेले साथ नदिए पछि; उनी रोईन् मसँग

यो संसारमा; को आफ्नो ? को पराया ?
आफ्नै ठानेर होला; उनी रोईन् मसँग

साथै भए, आँसु पुछी दिन सक्थेँ होला
टाढा थिएँ, विवश म; उनी रोईन् मसँग

मै पनि अडिन सकिन दुइ थोपा यसै झरे
खोज्दै थिएँ उनलाई अड्याउन; उनी रोईन् मसँग

थाहै थिएन, उनको व्यथा सुनिदिने पो भएछु
लाग्यो दु:ख, अनि थोरै खुसि; उनी रोईन् मसँग

(सन् २०११ तिर)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न