Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् ।

बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ ।


प्रा. डा. गोविन्द राज भट्टराई
(नेपाली साहित्यमा एउटा प्रयोग)
यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर्तमान समयले खासगरी विज्ञान र प्रविधिले बनाएको एक विशाल राजपथ । ती बिचको द्वन्द र अन्तर संघर्ष नै यस आख्यानको केन्द्र हो । पहेली हृदयमा गहिरो व्याकुलता उत्पन्न गर्ने उपन्यास हो ।

प्रा. डा. मोहन राज शर्मा
बिष्णु एस्. राईको पहेलीमा बर्तमान युग र जीवनको त्रासदी अघि सारिएको छ । यो त्रासदी केहि मेसिनको प्रभाव र केहि मानिसको त्रुटीका कारण घटीत भएको देखिन्छ । बर्तमान युग भनेको प्रौद्योगिक सँस्कृतिको युग र जीवन हो । यसको तात्पर्य कुनैपनि मानिस यसको प्रभावबाट उम्किन सक्दैन भन्ने हो । हो, प्रद्योघिकी बर्तमान समयको आवश्यकता बनिसकेको छ । तर यो बर्तमान समयको अभिसाप पनि बनेको छ । प्रौद्योगीकिको एउटा प्रबल पक्ष साइबर हो । विद्युतीय संचार संजाल अर्थात् इन्टरनेट सँग सम्बदता हो । यस्तो सम्बद्दता भएको साहित्यलाई साइबर साहित्य भनिन्छ र यो उपन्यास त्यहि वर्गमा पर्छ । यसमा त्रासदीको एउटा प्रमुख कारण नै साइबरको अत्यधिक उपयोग बनिदिन्छ । अन्तमा नौलो र सार्थक किसिमले नारीको समस्या प्रस्तुत गरेकोमा उपन्यासकार राईलाई बधाई छ ।


लेखक : प्रा. बिष्णु एस्. राई
यसमा खासै विधा तोकिएको छैन तर समालोचकहरूले उपन्यास भन्छन् ।
आभार :
साधारणतया विश्वास गरिन्छ की कथाकारले पात्रहरूको सृजना गर्छ र घटनाहरूको तारतम्य मिलाउँछ । एक हदसम्म यो कुरा साँचो पनि हो तर यो हद पार गरेपछि पात्र र घटनाहरू कथाकारको कन्ट्रोलबाट बाहिर भइदिन्छन्, भने जस्तो लाग्छ मलाई । त्यसैले आभारी छु मेरा पात्रहरू प्रति, विशेष रुपले अहिल्या प्रति जसले मलाई लेख्न बाध्य पारे र कथा नसकिन्जेल सम्म घच्घचाई रहे लेखी सिध्याउन लाइ । साहित्यमा धेरै विधा उपविधाहरू र उपन्यासका पनि धेरै प्रकारहरू हुन्छन् । म ति सबै सँग राम्ररी परिचित छुइन । म त एउटा लेखक हुँ र लेख्छु । फलानो विधामा फलानो प्रकारको लेखुँला भनेर लेख्दिन, बस् लेख्छु । पाण्डुलिपि पढेर, यो उपन्यास साइबर वर्ग भित्र पर्छ भनी प्रा. डा. मोहन राज शर्मा तथा प्रा. डा. गोबिन्द राज भट्टराई, दुई मुर्धन्य समालोचकहरूले मन्तब्य दिनु भएकोमा वहाँहरू प्रति आभारी छु ।

लेखकका अन्य साहित्यिक कृतिहरू :
खम्बुवानबाट हराएका सन्तानहरू - इतिहास कथा
सुधामा – खण्डकाव्य
नौ डाँडा पारी – नियात्रा सङ्ग्रह
जीवन – कविताहरूको सँगालो
नगाइएको गीत नभनिएको कथा – नाटक
द लस्ट चिल्ड्रेन अफ खम्बुवान – इतिहास कथा (अंग्रेजी भाषामा)
रियालिटीज – नाटक
मार्ट्स एण्ड अदर स्टोरीज – कथा सङ्ग्रह

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न