डेढ गन्ने भयौ

न मेरी हुन चाह्यौ, न त पराइ बन्ने भयौ ।
पिरतीको बाटो यो, माझैबाट खन्ने भयौ ॥

एक पनि सिङ्गो, दुई पनि सग्लो हुन्थ्यो ।
मेरो मान फरक रै’छ, डेढमा पो गन्ने भयौ ॥

(२०७७ असोज ४...)


हजार पन्ना जति पढेँ, अनि बुझ्ने चेष्टा गरेँ ।
पढि सक्न निकै गाह्रो, तिमी लाख पन्ने भयौ ॥

पवित्र, शुद्ध, चोखो, निर्मल; टीका बेग्ला-बेग्लै ।
निष्कलङ्क तिम्रो शील, ठिटी मेरी कन्ने भयौ ॥

(...२०८० वैशाख ६)

Comments

Popular posts from this blog

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

चुम्बकिय गिफ्/जिफ्

मायाँलाई प्रश्न