मायाँलाई प्रश्न

यत्ति लामो बाटो धायौ किन ?
मेरै हुने कसम खायौ किन ?

घाँटीसम्म आएको कुरा, मुखमा कहिल्यै नल्याउने भए;
शब्द रसको प्यासमै राखि, मसँग माया लायौ किन ?

आफूले भने सोध्दै गयौ, मैले सोध्दा झनक्क भयौ;
खुल्दै नखुल्ने तिम्रो बानी, तैपनि, यो छातीमा छायौ किन ?

मेरो हुटहुटीको जवाफै नदिई, हाँसेर नै टार्ने भए;
मधुर, सुमधुर, मनै छुने, प्रेमगीत मसँग गायौ किन ?

तिम्रो मन पाउन मैले हजार कोसिस गरेँ, तर सधै असफल;
आफ्नो सधै लुकाई राख्यौ, एक झकमै मेरो दिल पायौ किन ?

यो त साह्रै अन्याय भो, मलाई सधै द्विविधा भो;
आफ्नो जज़्बात सधै चेकमा, मेरो लाई ह्यायौ किन ?


(२०७९ चैत्र ३०)

Comments

Popular posts from this blog

चुम्बकिय गिफ्/जिफ्

Arki Aaimai - a novel by Neelam Karki Niharika (full novel and interview)

सि.आई.डी.