Posts

मेरी उनी

आज उनको जन्म दिन । आज भन्दा पच्चीस बर्ष अघि आमाको कोखबाट, काखमा आएकी उनी । म मेरो मष्तिस्कमा चित्र कोर्न खोज्छु । कस्ती थिइन् होला उनी ? मनमा धेरै कुराहरू बयेली खेल्छन् । त्यसबेला म कहाँ थिएँ होला ? के पो गर्दै थिएँ होला ? जिन्दगीमा, कुनै दिन हाम्रो भेट हुने छ, भनि कहिले तय भएको होला ? उनले सुनाएका उनका बालापनका केही घटनाहरूसँग उनको अनुहार मिलाउन खोज्छु । उनी हुर्किदैँ गर्दा; बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएको उनको मुहार, शरीरको बनोट, सोँच, उनले देखे बुझेको संसार, उनको बोली, मुस्कान; सबै सबै कल्पना गर्छु । उनको आँखाले धर्ती हेर्न मन लाग्छ । उनको मनले महसुस गर्न मन लाग्छ । उनी नै हुन मन लाग्छ । उनको जिवनका तीता मिठा सबै पलहरू एकपटक आफैले महसुस गर्न मन लाग्छ । उनलाई बुझ्न मन लाग्छ । उनको सम्पूर्ण खबर थाहा पाउन मन लाग्छ । उनको मनको पुरै हाल जान्न मन लाग्छ । म उनलाई प्रेम गर्छु । कति ? कहिलेकाहीँ म आफै हराउँछु, यो प्रश्नको उत्तर खोज्दा । यति धेरै कि; उनलाई सम्झिदाँ, म आफैलाई बिर्सन्छु । भौतिक रूपमा त उनी साथमा छैनिन्, टाढा छिन् । तर यो मनले उनलाई नसम्झेको पल हुँदैन । मतलब; अब म, म होइन,

यतिबेला

उनलाई बाडुली लाग्या हुनुपर्छ यतिबेला खै के भा'को यो मन सम्झेको सम्झ्यै गर्छ यतिबेला अघि पछि उनकै मायाको भोकको पीडामा भए पनि उनीसँगै त्यो पाहारिलो पाखामा यो मन चर्छ यतिबेला उमार्ने र फलाउने तिब्र आशामा हैन किन यो मन प्रेम बिज छर्छ यतिबेला (मे १, २०१३ ; १८:४९)

बिग्र्यो आज

(बिग् र्‍याे आज) तिमीलाई देखे पछि मन बिग्र्यो आज आफ्नै जिन्दगानी झन् बिग्र्यो आज उनैलाई सोँच्दा-सोँच्दै खानै बिर्सिएँ अनि त के चाहियो ? तन बिग्र्यो आज संसार उनको निकै उच्चतम लाग्यो कसरी त्यहाँ पुगुँ, चैन बिग्र्यो आज सोँच्थेँ ! को भन्दा कम नै छु र ? तर म भित्रकै डन बिग्र्यो आज रमाइलो र रङ्गमै बितेका थिए दिन अनयासै फेरि फन बिग्र्यो आज लाग्थ्यो, प्रेम युद्द यो जिती छोड्ने छु उनको उपस्थितिले रण बिग्र्यो आज (सन् २०१२ तिर)

चाम्री रै'छिन्

आजै हो देखेको कति राम्री रै'छिन् गर्दै गएँ कुरा निकै चाम्री रै'छिन् दर्दले मात्र भरिएकी जस्तो लाग्थ्यो भावना निचोरिएन माम्री रै,छिन् भरिएनन् रहरहरू आशै-आश भो' जीवन उनको खालि-खालि डाम्री रै'छिन् (सन् २०१२ तिर)

रोईन् मसँग

कुरै कुरामा उनी रोईन् मसँग मनका केहि व्यथा धोईन् मसँग ... ... ... (भावना) समाजको लागी, कसैलाई आफ्नो बनाइन् आफ्नो भन्नेले साथ नदिए पछि; उनी रोईन् मसँग यो संसारमा; को आफ्नो ? को पराया ? आफ्नै ठानेर होला; उनी रोईन् मसँग साथै भए, आँसु पुछी दिन सक्थेँ होला टाढा थिएँ, विवश म; उनी रोईन् मसँग मै पनि अडिन सकिन दुइ थोपा यसै झरे खोज्दै थिएँ उनलाई अड्याउन; उनी रोईन् मसँग थाहै थिएन, उनको व्यथा सुनिदिने पो भएछु लाग्यो दु:ख, अनि थोरै खुसि; उनी रोईन् मसँग (सन् २०११ तिर)

तिमी छैनौ

कल्पिदैँ छु म, तिमी साथमा छैनौ सारा खोजेँ, किताबका खातमा छैनौ सबैले सुनाउँछन्, प्रगति गाथा निशब्द छु आज, बातमा छैनौ सबै बलिया बाङ्गा हुँदै गए कमजोर छु आज, आँतमा छैनौ सबैले समय आफ्नैलाई दिन्छन् एक्लो छु आज रातमा छैनौ पिउँदा पिउँदै बोतल सब रित्तिए छैन त्यो मजा आज, मातमा छैनौ (आरम्भ; ०६८ माघ २८, २३:२१ - ०६८ फाल्गुण ६, १८:०२ ; पूर्ण)

देखेँ

तिमीलाई जब पहिलो पटक देखेँ तिम्रो रुपमा भगवानको चटक देखेँ लहराउँदो केश तिम्रो, मुहार छोप्न तत्पर हटाउनलाई त्यो, गरेको झटक देखेँ सुन्दर अनुहार, मिलेको शरीर तिम्रा पछि लाग्नेहरूको घटक देखेँ सबै तिम्रो नजिक हुन खोज्दथे गरेको बेवास्ता त्यो, नजानिँदो हटक देखेँ यात्रा अधुरो, तिमीसँग पुरा गरुँला सोचेँ तर तिम्रो एक्लै जिउने मटक देखेँ (सन् २०११ तिर)