Posts

सम्झेर हुँदा

सम्झेरै हुन्थ्यो भने आज सगरमा तिमी र म हुन्थ्यौँ र भोलि फेँदीमा पनि हामी नै हुन्थ्यौँ हुने थिएन कोहि अर्को, बस् तिमी र म हुन्थ्यौँ जहाँ हुन्थ्यौँ, जस्तो हुन्थ्यौँ एक अर्कामा लिन् हुन्थ्यौँ, बिलिन् हुन्थ्यौँ छुट्टै अर्को संसारमा हुन्थ्यौँ खुसि र हाँसोको बिचमा हुन्थ्यौँ माया र उन्मादको सिँचमा हुन्थ्यौँ हुन्थ्यौँ त्यहाँ, जहाँ मन हुन्थ्यो जीवन हुन्थ्यो, आफ्नोपन हुन्थ्यो, झन् हुन्थ्यो असिम आनन्दको पल हुन्थ्यो, फल हुन्थ्यो, जल हुन्थ्यो हरपल हुन्थ्यो, मलमल हुन्थ्यो, झल् झल् हुन्थ्यो ॥ तर ... भएनौँ, भएन, हुँदैन; छैन भागमा तिमी थियौ, छौ र हुनेछौ सधै सम्झनामा धन्य छ यो सम्झना तिमीलाई मसँग सँगै राख्छ तिमी साथै छौ भन्ने आभाष गराउँछ फेरि बाँधिन पाउने आशा दिलाउँछ यहि सम्झना तिम्रो जसले खस्नबाट जोगायो, डुब्नबाट बचायो सम्हाल्यो मलाई कष्टहरूमा, भत्किन दिएन घाउहरू पुरिदियो, सञ्चो तुल्यायो, जीवितै राख्यो र यो सम्झना फेरि पनि भन्दै छ तिम्रो खबर आउने छ, तिमी आउने छ्यौ बस् पर्खाइ अलिकती लामो हुनसक्छ तिमीसँग फेरि भेट अवश्य हुनेछ ॥ २०७७ मङ्सिर १५, सवा १ बजे

उनी नै उनी

झरिको मौसम, घरि ठूलो बर्षा घरि सिमसिम पर्ने पानी, शहरको व्यस्तता आफ्नै गतिको । म भने आज फूर्सदमा छु । अपरान्ह तिर हामी एउटा रेस्टुराँमा हुन्छौँ । मेरा मिल्ने साथीहरू र सँगै काम गर्ने साथीहरूको एउटा सानो जमघटको मौका परेको थियो । मसँग उनी पनि थिइन्, मेरी उनी, प्यारी उनी । अलौकिक रुपकी उनी, विशाल मनकी खानी । प्रकृतिले सोँची सम्झी कुनै कसर बाँकी नराखी, मेरै लागी भनेर बनाएकी उनी । सुमधुर आवाज र सुन्दर जिउडालले सुसज्जित उनी । अझ चालढालको त के कुरा, बान्की परेकी उनी । मेरा ग्रहगोचरहरू निकै नै उत्तम हुनुपर्छ त्यतिबेला, जब मैले उनलाई पहिलोपल्ट भेटेँ । मेरो यो जड जिन्दगीमा, उनको साथ, उनको माया, उनको सामीप्यता पाउनु, मलाई मेरो अहोभाग्य लाग्दछ । हाम्रो जमघट सानै भए पनि निकै आत्मीय र रमाइलो थियो । खाने र पिउने कार्यक्रम चलिरहेको हुन्छ । म मेरो मन पर्ने खाजा मो:मो मा होमिएको हुन्छु । उनी र म एउटै प्लेट्बाट नै लिईरहेका हुन्छौँ । बेलाबेला उनी मलाई हेर्छिन् । उनको त्यो नजर मेरो मुटु सम्मै पुग्छ । म पनि हेरी रहन्छु उनीलाई । उनी मुस्काउँछिन् । यो पल मलाई संसारकै प्रिय पलहरू मध्येको लाग्छ । उनको सानिध्यता

तिमी चाहियो

मलाई, तिमी चाहियो, भर्खरै चाहियो पलपलमा चाहियो, हरपलमा चाहियो मलाई माया गर्ने, तिम्रो त्यो मन चाहियो अनि त्यो सुडौल बदन चाहियो तिमी सँगै म, मनलाग्दी खेल्न पाउँ तिमीलाई पनि त्यस्तै लागोस् टोक्न पाउँ, चुस्न पाउँ, चिमोट्न पाउँ त्यो ज्यानमा, यो ज्यान रगड्न पाउँ घर्षणको ज्वाला बलोस् अनि म निभाउँ नग्नता निहार्न पाउँ, चुम्बकझैँ टाँसिन पाउँ ताल, हिमाल र नदीको रागमा रम्न पाउँ श्वेत बदन तिम्रो, चुम्दा चुम्दै लाल होस् स्याउ जस्ता गाला अनि गुलाबी ओठ चाहियो त्यो हाँसोको प्याला र सुमधुर आवाज चाहियो तिम्रो मिठो स्पर्शको लहर चाहियो मलाई, तिमी चाहियो, बिछट्टै चाहियो आधाआधि मात्र होइन, पुरै चाहियो १७ असोज ७७, शनिबार सबेरै सुन्निएको गाला सुम्सुम्याउँदै

रोदन

यति विधि म कहिले रोएको थिइन । वा मलाई सम्झना छैन । उनले फोन राखिसके पछि मन भक्कानिएर आयो, थाम्न खोजेँ सकिन । मन उद्देलित भएर भित्रैबाट हुत्तिएर आयो, अनि फुट्यो मूल सरी । बाथरूम पसेर शावर खोलेर रोएँ । आवाज छेक्न लाइ, धारा खोलेर बाल्टिन थापी दिएँ । भित्ताको साहारा लिएर रोएँ । पीडा लुकाउन रोएँ, बेदना पखाल्न रोएँ । खै किन रोएँ ? confusion मा रोएँ, मायामा रोएँ, सम्झनामा रोएँ, आफ्नै पागलपनमा रोएँ, acceptance मा रोएँ, denial मा रोएँ, रुन्चे म खुब रोएँ । सुटुक्क रोएँ, आफैले आफैलाई सम्हाल्न नसक्दा रोएँ, उनलाई दुख दिएकोले रोएँ, सताएकोले रोएँ, रोयल persona उनी, उनलाई रुवाएकोले रोएँ, उनीसँग सहज हुन नसकेर रोएँ, मिठा बात गर्न नजानेर रोएँ । आफ्नै स्वार्थीपनले रोएँ, आशामा रोएँ, निराशामा रोएँ, छटपटीमा रोएँ । वाक कुशलताको अभावमा रोएँ । स्पष्ट भएर रोएँ, अस्पष्ट देखेर रोएँ । खराब भएर रोएँ, खतम भएर रोएँ । खुब रोएँ, काम नपाएर रोएँ । यी शब्दहरू लेख्दै गर्दा पनि आँसु रोकिन मान्दैनन् । पृष्ठमै आँसु खस्छ, तप्प ! कागज फुल्लिन्छ । हातले पुछी दिन्छु । कागज नै च्यातिन्छ । मन झनै भक्कानिन्छ, बलिन्द्र धारा लाग्छन, यी

Paheli - a Novel by Bishnu S. Rai

उपन्यास सुन्न यहाँ क्लिक गर्नुहोस् । Paheli - a Novel by Prof. Bishnu S. Rai बिष्णु एस्. राई नेपाली साहित्यमा एक नँया हस्ताक्षर हो । अलि पाको उमेरमा साहित्य सृजनामा लागेकोले होला राईका कृतिहरू पनि पाका छन्, अनुभवले खारिएका छन् । आफ्नो खण्डकाव्य ‘सुधामा’को बिषयवस्तु तथा भाषा शिल्प दुबैले चर्चामा आउनु भएका राईले नौडाँडा पारी नियात्रा संग्रहमा हाइबुन शैलीको प्रयोग गरेर नियात्रा लेखनमा एउटा नौलो आयाम थप्नु भएको छ । अब यस उपन्यासमा पनि उहाँले साइबरको नौलो प्रयोग गरेर नेपाली समाजको भत्किदै गएका मुल्य-मान्यताहरूको सजिव चित्रणले हाम्रो मनलाई उद्देलित गर्छ र मष्तिस्कलाई सोच्न बाध्य पार्छ । प्रा. डा. गोविन्द राज भट्टराई (नेपाली साहित्यमा एउटा प्रयोग) यसको रचना नेपाली सँस्कृतिको मधुरो पृष्ठ भूमिमा भएपनि, हाम्रा सृजनालाई अझ राम्रो, साँस्कृतिक जीवनलाई निर्भुगोल, बनाउने तत्व, साइबर सँस्कृतिले यसलाई अघि बढाएको छ । यसमा दुइवटा परस्पर बिरोधि पृष्ठभूमि छन् । हाम्रो समाजले स्थापना गरेको युगौँ देखी पालना हुँदै आएको मुल्य-मान्यता र मर्यादाको एउटा धागो । त्यसको एउटा मसिनो डोरो वा गोरेटो छ । त्यसको बिपरित बर

घाउ

कस्तो निरश यो मेरो जिन्दगी म कति एक्लो यो संसारमा एक्लै बाँच्न नसिकी नहुने भो ! यो करङ्ग भित्र निमोठ्ने घाउलाई कसरी निको बनाउने होला ? छाती भित्र एउटा सानो कालो बिन्दु बिस्तारै बढ्दै जान्छ धुवाँसरि सुरुमा हल्का पोल्दै पोल्दै आउँछ र झिल्को बन्छ, झिलिक्क बल्छ सबै सल्किन्छ घाँटी देखि पेट सम्म नै धारिलो हतियारले छाती भित्र चिरेको जस्तो असैह्य दुख्छ, पोल्छ, गला सुकेर आउँछ आँखा रसाउँछन् एक्लोपनको कहरले भित्र भित्रै खान्छ र बिस्तारै सिध्याउँछ धमिराले काठ खाए जस्तै कस्तो निचोरेको यो बिरक्तिले सासनै रोकिएला जस्तो यी पीडा माझ बाँच्दै गर्दा लाग्छ सम्बेदनाहिन, भावनाहिन मुर्ति भै जाउँ तर कसरी पो ?

एकपटक फेरि उनी

बिहानै मेरो फोनको घन्टी बज्छ । म तन्द्रा मै थिएँ । पुरै  ब्युझिसकेको थिईन । फोन , उनले गरेकी रै ' छि न् । मलाई थाहा थियो , उनको फोन पक्कै आउनेछ भन्ने हिजो देखिनै लागेको थियो । अर्ध निद्रामै फोन उठाउँछु । उताबाट उनको मिठो आवाज आउँछ । उनको आवाज अति नै मिठो लाग्छ मलाई । त्यहि सुमधुर आवाज सुनेरै पुरा जीवन व्यतित गर्न सक्छु म । कुराकानी , छोटो मात्र हुन्छ । मैले कुरा हरू मा अल्झ्याउन खोज्दा-खोज्दै उनी "ल , ल सुत्नु"   भनेर फोन राखिदिन्छिन् । तर अब भने मेरो निद्रा पुरै खुलिसकेको हुन्छ । म उनकै मिठो आवाजको झल्को सँगै उठ्छु र नित्यकर्म तर्फ लाग्छु । खाना पछि एकैछिन् , हाम्रो कुरा chat मा हुन्छ । मैले , उनको घुर्की नबुझ्ने गरेको कुरा भएको थियो । आजसम्म "हुँदैन"लाई "हुँदैन" नै भनेर बुझ्ने गरेको मान्छे म , उनले त्यसो भन्दा अचम्ममा परेको थिएँ । एकदुई पटकको "हुँदैन"लाई त म reverse psychology को रुपमा लिन्छु , सामान्य रुपमै । तर धेरै पटक नै deny भएपछि भने मलाई साँच्चिकै जस्तो लाग्छ । "जति बेला पनि त होइन तर कुनैकुनै बेला बुझ्नुहुन्न नि त तपाईं