Posts

पात के को ?

धेरै दिनको अन्तरालमा उनीसँग फोन कुराकानी गर्दै थिएँ । धेरै दिनसम्म पोख्न नपाएको माया पोख्न पाउने आशमा थिएँ । उनको मायाले यो मन भर्ने विचारमा थिएँ । लामो समय उनीसँग भलाकुसारी गर्न नपाएको यो मन निकै खालि खालि भएको थियो । आजको मौकामा मन भरि कुरा गर्छु सोँचेको थिएँ । तर सोँचेको जस्तो कहाँ हुन्थ्यो जिन्दगीमा । मोबाइल नेटवर्क निकै खराब चल्यो आज । टुट र टिटको वर्षा भयो । अलि केहि फरक पर्छ कि भनि बारम्बार फोन काटेर गरेको थिएँ । फोन काट्दै गर्दै, काट्दै गर्दै गर्दा पनि समस्या भने ज्युँ का त्युँ ! मलाई भने छटपटी हुन थालि सकेको थियो । प्रेम प्रसङ्गका कुराहरू गर्न खोज्यो की उनको आवाज कि त चाइनिजमा आउँथ्यो, कि त उताबाट उनले भनेको आउँथ्यो "आवाज आएन..., आवाज आएन..." । मलाई उकुसमुकुस हुन थालिसकेको थियो । मैले च्वाट्ट फोन काट्छु । रूमको अर्को बेडमा मोबाइल फालिदिन्छु र मेरो बेडमा डल्लो परेर सुत्छु । उनलाई सम्झिदैँ । हाम्रो दुरीको भासमा हराउँदै । चाहेर पनि जोडिन नसक्नु वा नपाउनुको पीडामा रूमलिदैँ । उनलाई जुनसुकै परिस्थितिमा पनि जीवनभर माया गरिरहने प्रअण मनमा गर्दै । म निदाउन खोज्छु सक्दिन । उनक

खराब म !

म, खराब नै छु तिमीलाई माया गर्ने कुरामा बाहेक अरु कुरामा म सहि छु जस्तो लाग्दैन मलाई सहि हुनु पनि छैन बस तिमीलाई माया गर्नु छ अरुलाई, यस्तो माया सहि नलाग्न पनि सक्छ तर मेरो लागि सहि छ, एकदम सहि मैले रोजेको मायाको बाटो, सबैभन्दा माथि छ म अपुरो छु तिमी बिना, खाली खाली केहि बाँकी नै रहेको जस्तो मन भित्रकै तिमीले भर्न सिक्दै छु आफुलाई खालीपन हटाउने कोसिस गर्दै छु सबै सुखहरूले युक्त महसुस होस् त्यसकै खोजीमा छु त्यो दिव्यता तिम्रो मलाई पनि देउ र म पनि तिमी जस्तै content हुन सकूँ तिमी साथको आभास सधै रहोस् (२२ मङ्सिर २०७७)

उनी राम्री

उनी मलाई संसारकै राम्री लाग्दछ तर भन्छिन् मेरो हेर्ने आँखा खराब छ ।  उनको आवाज उस्तै मीठो सुमधुर भन्छिन् मेरो कर्णको आफ्नै सौम्य राग छ ॥  बान्की चाल-ढाल, झनै उच्च छ विचार म गुणी देख्ने त्यो मन, भन्छिन् बेदाग छ ॥।

तिमी कस्की ?

आखिर, तिमी कस्की ? उसकी ? जसले तिमीलाई बनायो तिमीलाई एउटा मुर्त शरीर दियो तिमीमा प्राण भर्‍यो । या, उनकी ? जसले तिमीलाई जन्म दिनुभयो र हुर्काउनु भयो तिमीलाई आजकी तिमी बनाउनु भयो । अथवा, उहाँकी ? जसले तिमीसँग जीवन बिताउने प्रण गर्नु भयो समाजले तिमीलाई जसकी बनाई पठायो आफन्तलेहरूले तिम्रो घर उहाँसँगै भन्छन् जहाँ उहाँ, त्यहाँ तिम्रो घर, त्यसैले तिमी उहाँकी ? तिम्रो तन मनमा बास उहाँको, त्यसैले तिमी उहाँकी ? जोसँग बिताउनु छ जीवन, उसैकी ? जो हरपल, हरक्षण तिम्रो साथमा हुनुहुन्छ तिम्रा सुख-दु:ख सबैमा साथै हुनुहुन्छ र तिमी पनि हुने छ्यौ उहाँका उतार-चढावमा जब चाह्यौ उहाँसँग नारिन पाउने छ्यौ जोसँग तिमीलाई मेरी भन्ने हक छ । या फेरि उसकी ? जसले मध्यरातमा ब्युझेर, तिमीलाई सम्झिन्छ तर तिमीमा कुनै हक राख्दैन, बस् माया गर्छ जानेको पनि छैन प्रेम गर्न, बस् भावले गर्छ उ कतै बिरानमा हुन्छ अधुरै, तिमीलाई सम्झिदै भौतारिन्छ सारा संसार, तिमीलाई मनमा राखेर । या तिमी, आफ्नै ? आफ्नै मनकी रानी न यसकी, न उसकी कसै न कसै की मात्र तिमी, तिम्रै आफ्नै ॥ (२२ मङ्सिर २०७७)

मेरी उनी

आज उनको जन्म दिन । आज भन्दा पच्चीस बर्ष अघि आमाको कोखबाट, काखमा आएकी उनी । म मेरो मष्तिस्कमा चित्र कोर्न खोज्छु । कस्ती थिइन् होला उनी ? मनमा धेरै कुराहरू बयेली खेल्छन् । त्यसबेला म कहाँ थिएँ होला ? के पो गर्दै थिएँ होला ? जिन्दगीमा, कुनै दिन हाम्रो भेट हुने छ, भनि कहिले तय भएको होला ? उनले सुनाएका उनका बालापनका केही घटनाहरूसँग उनको अनुहार मिलाउन खोज्छु । उनी हुर्किदैँ गर्दा; बिस्तारै बिस्तारै परिवर्तन हुँदै आएको उनको मुहार, शरीरको बनोट, सोँच, उनले देखे बुझेको संसार, उनको बोली, मुस्कान; सबै सबै कल्पना गर्छु । उनको आँखाले धर्ती हेर्न मन लाग्छ । उनको मनले महसुस गर्न मन लाग्छ । उनी नै हुन मन लाग्छ । उनको जिवनका तीता मिठा सबै पलहरू एकपटक आफैले महसुस गर्न मन लाग्छ । उनलाई बुझ्न मन लाग्छ । उनको सम्पूर्ण खबर थाहा पाउन मन लाग्छ । उनको मनको पुरै हाल जान्न मन लाग्छ । म उनलाई प्रेम गर्छु । कति ? कहिलेकाहीँ म आफै हराउँछु, यो प्रश्नको उत्तर खोज्दा । यति धेरै कि; उनलाई सम्झिदाँ, म आफैलाई बिर्सन्छु । भौतिक रूपमा त उनी साथमा छैनिन्, टाढा छिन् । तर यो मनले उनलाई नसम्झेको पल हुँदैन । मतलब; अब म, म होइन,

यतिबेला

उनलाई बाडुली लाग्या हुनुपर्छ यतिबेला खै के भा'को यो मन सम्झेको सम्झ्यै गर्छ यतिबेला अघि पछि उनकै मायाको भोकको पीडामा भए पनि उनीसँगै त्यो पाहारिलो पाखामा यो मन चर्छ यतिबेला उमार्ने र फलाउने तिब्र आशामा हैन किन यो मन प्रेम बिज छर्छ यतिबेला (मे १, २०१३ ; १८:४९)

बिग्र्यो आज

(बिग् र्‍याे आज) तिमीलाई देखे पछि मन बिग्र्यो आज आफ्नै जिन्दगानी झन् बिग्र्यो आज उनैलाई सोँच्दा-सोँच्दै खानै बिर्सिएँ अनि त के चाहियो ? तन बिग्र्यो आज संसार उनको निकै उच्चतम लाग्यो कसरी त्यहाँ पुगुँ, चैन बिग्र्यो आज सोँच्थेँ ! को भन्दा कम नै छु र ? तर म भित्रकै डन बिग्र्यो आज रमाइलो र रङ्गमै बितेका थिए दिन अनयासै फेरि फन बिग्र्यो आज लाग्थ्यो, प्रेम युद्द यो जिती छोड्ने छु उनको उपस्थितिले रण बिग्र्यो आज (सन् २०१२ तिर)