Posts

रेप कसरी गर्ने !?

उठ बिहान... सधैको तिम्रो घिन लाग्दो सोँच बोकेर दिमागमा उहि गन्धा योजना राखेर अरुको जीवन प्रति राख्दै नराख... दया, माया अबला, कमजोर, कलिका प्रति त, झन्... राख्दै नराख तिनको अबोधपनको फाइदा उठाउ । आज कसलाई शोषण गर्न जाँदै छौ ? कि कसैलाई बन्धक बनाएर राखेको छौ ? सबैको आ-आफ्नो संसार, अनि मनोकाङ्क्षा हुन्छ तर ति चेलीको जीवन, जीवन होइन तिम्रो लागि त त्यो, आफ्नै निजि सम्पत्ति हो । कहिँ कतै त्यस्तै दुखिनी भेट्यौ भने... एकान्तमा भए त्यतै निमोठ लछारपछार पार्दै, च्यात्दै, चिथोर्दै ! विकर्षण प्राकृत थियो, तर तिमी जोडिदेउ उनको आत्माको चित्कारलाई जमिनमा गाडिदेउ । मान्छेका बिच भए फकाउ, फुस्ल्याउ तिम्रो ओठे बोलिमा भर गरे ठिकै भो नगरे अझै केहीबेर कर गर त्यो पनि नमाने सहज संस्कारको बाटो अपनाउ केहि खानपिनको प्रस्ताव गर, या केहि कामको । खानपिनलाई राजी भए, मौकैमा बिष पिलाउ कामको लागि भइन् भने, एकान्तमा पुर्‍याउ सुनसानमा पुगे पछि त तिमी किन छोड्थ्यौ र ? बिषले बेहोस भारी बोकेर जाउ तिम्रो कुठाँउमा भारीलाई भुइँमा फाल वा गद्दीमा राख हुन त, जता मिल्क्याए पनि पिशाचलाई के नै फरक र ? अब त्यो अचेतन भारी फुकाउँदै जाउ भ

देशलाई चिन्छौ ?

हाम्रो देशलाई चिन्छौ ? हो, तिम्रो र मेरो देश हामी सबैको प्यारो नेपाल यहीँ जन्मिएर पनि यहीँ हुर्किएर पनि कतै चिन्न सकेनौ की ? यि सेता हिमालको काख अनि हरियाली डाँडाको साथ तिमीले बिर्सियौ कि ? ति अग्ला पहाड र ति बिच बग्ने नदिहरू त्यसको निश्चलता देखेनौ की ? चार कोसे झाडी अनि त्यो सिमसार तिमीले नाप्न भ्याएनौ की ? बिहानी घाम चरिको चिरविर यहाँको मौसम तिमीले ताप्न, सुन्न, आभाष गर्न सक्यौ की सकेनौ ? हाम्रा मौषमी उत्पादनहरू चाख्यौ की चाखेनौ ? ति जडिबुटीहरू तिमीले रोज्यौ की रोजेनौ ? हेर एकपटक नियालेर हेर गमेर हेर भुइँमा उत्रिएर हेर मेरो देशलाई हेर हामीलाई हेर हाम्रो संस्कार र संस्कृतिलाई हेर जात-जाति र भाषा-भाषीलाई हेर खण्ड-खण्डमा अखण्ड पाउने छौ एकै आँगनमा सबै देख्ने छौ । हिमाल, पहाड, तराई सबै हेर पूर्व देखि पश्चिम सम्मै हेर यो सुन्दरता तिमीले अन्त नखोज तिमी कङ्गारु नबन मनको आँखा खोलेर हेर एकपटक फेरि हेर अनि पो चिन्थ्यौ की !?

नारीको देश

बिचमा फराकिलो, कालोपत्रे बाटो । बाटोको दुइ छेउमा अग्ला र चौडा फूट्पाथहरू । र दुवै छेउमा ठुला ठुला झुम्म परेका रुखहरू पनि । ति रुखका हाँगाहरूले बाटोलाई माथीबाट पछ्छ्यौरीले जस्तै छोपेका थिए, छपक्कै । पश्चिम आकाशमा पुगिसकेका घामका केहि किरणहरूले मात्र, बाटो र फूट्पाथलाई स्पर्श गर्न पाउँथे । त्यो समथर भूभागको वातावरण निकै सुन्दर, सफा, शान्त र आनन्ददायक थियो । रात परि हाल्नलाई अझै निकै समय बाँकी थियो । त्यो स्वच्छ र मनोरम ठाउँमा म इविनिङ्ग walk गर्दै पुगेको थिएँ । Jog गर्दा गर्दै कसो-कसो त्यहाँ पुगेछु । मेरो गति, हिँड्दाको भन्दा तेज थियो भने दौडीएको बेलाको भन्दा धिमा । केहि अगाडि एउटी सानी नानी बाटोमा साइकल चलाउँदै थिइन् । म उनको समानान्तर पुगेँ र उनीसँग केहि भलाकुसारी गर्न खोजेँ । उमेरले त्यस्तै नौ-दश वर्षकी हुनुपर्छ । उनी आफ्नै धुनमा थिइन् । ति बाल खुट्टाहरूले साइकलको पेडल दबाउँदै । अलि अगाडि आफ्नो साथी पनि भएको कुरा गरेकी थिइन् । ति पातली बालिकाले निलो जिन्स र कालो टिसर्ट लगाएकी थिइन् । कपाल खुला छोडेकी थिइन् । उनको साइकलको गति र मेरो jogको गति उस्तै उस्तै भएकोले होला म उनको समानान्तर नै

रुँदिन म

रुँदिन म अहँ रुँदै रुँदिन तिमी बिना आफ्नो भविष्य नदेख्दा तिम्रो अभावले मेरो सासै रोकिन खोज्दा तिमी नभई, गन्तव्य सारा अन्धकार देख्दा बस् कहिलेकाहिँ आँखा रसाउँछन् तिमीलाई आफ्नो छेउमा नपाउँदा रुँदिन म छटपटीले यो ज्यान रन्किदा पीडाको धारले कलेजी काट्दा उत्कण्ठाको कम्पनले मुटु भासिदा बस् कहिलेकाहिँ भक्कानो छुट्छ तिम्रो मायाको आभाष नपाउँदा रुँदिन म मेरो कुरा तिमीले हाँसेर टारी दिँदा मेरो मनको ज्वाला निभाउन नपाउँदा मुटुभरको माया पोख्न नपाउँदा बस् कहिलेकाहिँ गला बाउँडिन्छ जानिजानि तिमीले यो प्रेमलाई छेक्दा रुँदिन म रिसाइ मसँग तिमी चर्को बोल्दा तिमी झर्केर "था' छैन मलाई" भन्दा मधु संबादमा तिमी अचानक बम्किदा बस् कहिलेकाहिँ विचलित हुन्छु तिम्रो मुडमा रस भर्न नसक्दा रुँदिन म मौकामा तिमीले फोन नगर्दा बिर्सेर टेक्स्टको जवाफ नदिँदा रुष्ट भइ "त्यो कुरा सकिई सक्यो" भन्दा बस् कहिलेकाहिँ ऐठन हुन्छ त्यो मनमा म प्रतिको चाह नदेख्दा रुँदिन म तिमीलाई अरुकै काखमा देख्दा तिम्रो हातमा अरु कसैलाई देख्दा तिमीमा अरुकै पुर्णाधिकार देख्दा बस् कहिलेकाहीँ छाती पोल्छ तिमीलाई मेरो पक्षमा नदेख्दा अ

शब्दमा मात्र ...

च्याट्मा सामान्य तवरले कुराकानी चलिरहेकै बेला, म आफै जान्ने पल्टिदाँ कुरा बिगारेँ । भएका सबै खुलदुलीहरू मेटाउनै पर्ने मलाई ! “हैन, जिज्ञासा पनि के साह्रो लागेको हो ? कहिँ नभा’को !” - मनमनै कराएँ म । “लागे पनि, लागी राखोस् ! अब, आफ्ना प्रश्नहरू आफैसँग राख्ने गर् । बिथ्थामा उनको मन दुखाइस् ।” - आफैसँग आक्रोश पोख्दै थिएँ । प्रसङ्ग, उनको प्रेमील ट्वीट्को थियो । पढेर म, भावनामा हराएको थिएँ । उनले मलाई नै सम्झेर रचेको जस्तो लागेको थियो । हुन त, उनका हरेक प्रेमील प्रसङ्गहरूमा, म त्यस्तै नै महसुस गर्ने गर्छु । कुनै नौलो कुरा थिएन । मैले उनलाई त्यो ट्वीट्को स्क्रिनशट पठाएर भनेँ “कसम ! म अवाक भएँ” । उनको जवाफ थियो “कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ, भनेर लेख्नु पर्ला जस्तो छ, मुनि” । उक्त ट्वीट्लाई मैले आफैसँग जोडेर हेरेको कुरा बुझेर नै उनले त्यसो भनेकी थिइन् । मलाई, केहि जवाफ दिन आएन । केहि क्षण सोँचमा हराएँ । उनले फेरि भनिन् “आफ्नै जिवनमा मेल खाएमा चाहिँ के लेख्ने होला” ? टेक्स्टको अन्त्यमा दुइवटा थिङ्किङ् इमोजीहरू थिए । अहिले भने मेरो दिमागमा केहि जवाफको खाका आयो कि जस्तो लाग

सपनी

बिहान, साथीको फोनले ब्युझायो । ब्युझदाँ पसिना-पसिना भएको रहेछु । बिहानीपख चिसो हुने भएकोले, राति मैले पङ्खा बन्द गरेर सुतेको थिएँ । बाहिर घाम लागिसकेको देखेको थिएँ । तर फोन राखेपछि पनि फेरि निदाएछु । उठ्दा निकै ढिला भैसकेको थियो । आज उनी मेरो सपनीमा आएकी थिइन् । र सायद यो उनीसँगको मेरो पहिलो सपनी-भेट थियो । उनी हाम्रो घरैमा आएकी थिइन् । ढोका खोल्न म पुगेको थिएँ । ढोका बाहिर उनलाई देेेेखेेर अचम्ममा परेको थिएँ । उनी मलाई निकै प्रेमिल नजरले हेर्दै थिइन् । मेरो ओठमा मुस्कान छाएको थियो । उनी यहाँ एक दिन बस्ने गरी आएकी थिइन् । सबैजना घरमै हुनुुुहुन्थ्यो । उनी साँझपख आइपुगेकी थिइन् । यो उनको सरप्राइज भिजिट जस्तो थियो । सबैजनाले निकै खुसि हुँदै उनलाई स्वागत गर्नु भएको थियो । मेरो त झन् खुसिले, होस् ठेेेगानमा थिएन । त्यसै त्यसै मख्ख परेेेेको थिएँ । खाना खाई सकेपछि एकैछिन डिनर टेबुलमा गफगाफ चलेको थियो । सबैजना उनीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । उनी पनि मुस्काउँदै कुरा गर्दै थिइन् । म भने सबैका आँखा छलेर बेला-बेला उनलाई हेर्दै थिएँ । उनको मुहार हेर्दै थिएँ । उनको अलौकिक रुपमा डुबेको थिएँ । उनको

पात के को ?

धेरै दिनको अन्तरालमा उनीसँग फोन कुराकानी गर्दै थिएँ । धेरै दिनसम्म पोख्न नपाएको माया पोख्न पाउने आशमा थिएँ । उनको मायाले यो मन भर्ने विचारमा थिएँ । लामो समय उनीसँग भलाकुसारी गर्न नपाएको यो मन निकै खालि खालि भएको थियो । आजको मौकामा मन भरि कुरा गर्छु सोँचेको थिएँ । तर सोँचेको जस्तो कहाँ हुन्थ्यो जिन्दगीमा । मोबाइल नेटवर्क निकै खराब चल्यो आज । टुट र टिटको वर्षा भयो । अलि केहि फरक पर्छ कि भनि बारम्बार फोन काटेर गरेको थिएँ । फोन काट्दै गर्दै, काट्दै गर्दै गर्दा पनि समस्या भने ज्युँ का त्युँ ! मलाई भने छटपटी हुन थालि सकेको थियो । प्रेम प्रसङ्गका कुराहरू गर्न खोज्यो की उनको आवाज कि त चाइनिजमा आउँथ्यो, कि त उताबाट उनले भनेको आउँथ्यो "आवाज आएन..., आवाज आएन..." । मलाई उकुसमुकुस हुन थालिसकेको थियो । मैले च्वाट्ट फोन काट्छु । रूमको अर्को बेडमा मोबाइल फालिदिन्छु र मेरो बेडमा डल्लो परेर सुत्छु । उनलाई सम्झिदैँ । हाम्रो दुरीको भासमा हराउँदै । चाहेर पनि जोडिन नसक्नु वा नपाउनुको पीडामा रूमलिदैँ । उनलाई जुनसुकै परिस्थितिमा पनि जीवनभर माया गरिरहने प्रअण मनमा गर्दै । म निदाउन खोज्छु सक्दिन । उनक